0

अस्पतालमा हुने ठगी नियन्त्रण गर्न माग गर्दै सर्वोच्चमा रिट

 भदौ १ –

 अस्पताल, नर्सिङ होम तथा क्लिनिकहरुमा स्वास्थ्य सेवाका एउटै शीर्षकमा अलग अलग दररेट राखेर उपभोक्तालाई ठगी गरेको भन्दै यसको नियन्त्रणको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता श्रीकृष्ण सुवेदी, गोपालनाथ योगी र रविन सुवेदीले दायर गरेको रिटमा एउटै शीर्षकमा फरकफरक शुल्क लिइने गरेकाले  त्यसलाई रोक्न माग गरिएको छ । स्वास्थ्य संस्थामा परीक्षण शुल्क, शल्यक्रिया लगायतका शीर्षकमा मनलाग्दी पैसा असुल्ने गरेको पाइन्छ ।
रिटमा सरकारको पत्यक्ष निगरानीमा राखी सञ्चालन गर्न सरकारका नाममा उत्प्रेषण, परमादेश जारी गर्न माग गरिएको अधिवक्ता सुवेदीले बताउनुभयो ।
नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अन्तरिम संविधानले हरेक नागरिकलाई आधारभूत स्वास्थ्यको हकको ग्यारेन्टी गरेपनि सरकारले न्युनतम स्वास्थ्य सेवा समेत प्रदान गर्न सकेको छैन । 

Post a Comment

 
Top