एक पटक ईश्वरलाई पृथ्बीमा मन्त्री हुने इच्छा लाग्यो ! आफ्नो " फुमन्तर " प्रयोग गरेर उनले मन्त्रीलाई अदृश्य बनाईदिए ! त्यसपछि इश्वरले मन्त्रीको पोशाक लगाएर मन्त्रालयको चुम्बकीय कुर्सिमा बसे !
" माननीयज्यू ! यो ठेक्का मलाई मिलाइदिनुहोस ! " ईश्वरले सही ठोकिदिए ! उनका अगाडि चार पेटी हजारका नोट हाजिर भए !
" मन्त्रीज्यू ! भन्सारका सामान छुटाईदिनुपर्यो ! " ईश्वरले उसले दिएको नम्बरमा फोन गरिदिए ! ईश्वरका अगाडि सुनका बिस्कुटहरु उपस्थित भए !
" मन्त्रीज्यू ! ...........लाई जेलबाट छुटाईदिनुपर्यो !" ईश्वरले काम फत्ते गरिदिए ! उनका अगाडि बिदेशी मदिराहरुको पोखरी जम्यो !
Post a Comment