चौतर्फी निर्वाचनको चर्चा भैरहदा नेकपा—माओवादीले रोल्पालाई चुनावका कुनैपनि गतिविधि सञ्चालन गर्न निषेधित क्षेत्र घोषणा गरेको छ। रोल्पाका विभिन्न ६ स्थानबाट केन्द्रीयदेखि जिल्ला स्तरसम्मका नेताहरुले निषेधित क्षेत्र घोषणा गरेका हुन।
२०५२ सालमा द्वन्द्वको घोषणा गरेको ठाउँ होलेरीमा जिल्ला इन्चार्ज सुवास, सुलिचौरमा केन्द्रीय सदस्य सन्जिवकुमार, घर्तीगाउँमा सहइन्चार्ज सुन्दर वली, थबाङमा प्रताप, सुखाओडारमा विश्व, बागमारामा विजयले एउटै समयमा निषेधित क्षेत्र घोषणा गरेमा हुन्।
भोलिदेखि जनतालाई सम्झाउने बुझाउने कार्यक्रम सुरू गर्ने बताएका माओवादी इन्चार्ज सुवासले आक्रमणको योजना नभएको तर, आईलागे छोड्दापनि नछोड्ने बताए। राष्ट्रघाति, जनघाति, आत्मघाती नाम दिएको यो निर्वाचनमा रोल्पाका अधिकांस गाविसहरूमा एक भोट पनि खस्न नदिने योजनामा रहेको नेकपा –माओवादीले हरेक वडामा ५ जनाको दरले २हजार २ सय ९५ जनाको निर्वाचन बहिष्कार समिति नै गठन गरिसकेको छ।
लालकिल्ला, उद्गम थलो, आश्रय स्थल, जे भने पनि रोल्पा सबैभन्दा प्यारो जिल्ला हो माओवादीहरूका लागि। २०६४ को निर्वाचनमा सहज जितका लागि प्रचण्ड निर्वाचन लडेकोे जिल्लामा अहिले एमाओवादीहरू नै गाउँ जान नसक्ने स्थितिको सिर्जना भएपछि उम्मेदवारहरलाई अगाडिको कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा अन्योलता छाएको छ।

Post a Comment