0

साउदीमा गाडी चलाउने ६० महिला कारवाहीमा

- साउदी अरबमा सवारी साधन चलाएको भन्दै ६० जना महिलालाई प्रहरीले जरिवाना तिराएको छ ।

 प्रहरीले देशको कानुन विपरित महिलाले सवारी साधन चलाएको भन्दै हरेकलाई ८० डलर जरिवाना लिएको साथै आगामी दिनमा सवारी साधन नचलाउन चेतावनी दिएको छ । साउदी अरबमा सन् १९९० देखि महिलालाई सवारी साधन चलाउन रोक लगाइएको छ ।
सरकारको यो प्रतिबन्धको विरोध गर्दै महिलाले आन्दोलन नै थालेका छन् । उनीहरुले महिलालाई पनि पुरुषलाई जस्तै सवारी साधन चलाउने अधिकार दिनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् । तर साउदी सरकार र त्यहाँको समाज भने महिलालाई सवारी साधन चलाउन दिने प्रति सकारात्मक देखिएका छैनन् ।

Post a Comment

 
Top