कार्तिक १२ -
मुलुकको राजनीतिमा बेग्लै महत्त्व राख्ने मोरङमा प्रमुख नेताहरूले कडा प्रतिस्पर्धा गर्नुपरेको छ । एमाओवादी नेता वर्षमान पुन, कांग्रेस नेता डा. शेखर कोइराला, महेश आचार्य, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले कडा प्रतिस्पर्धा गर्दैछन् ।
एमाओवादी, फोरम पहिलेको साख जोगाउने कसरतमा छन् भने कांग्रेस र एमाले सिट संख्या बढाउने दौडमा छन् । विगत चार वर्ष कांग्रेस सरकार बाहिर रहेकाले अन्य पार्टीको आलोचना गर्दै मत माग्ने मौका मिलेको छ । कांग्रेस उम्मेदवारहरूले संविधान नबन्नु, विकास नहुनुमा मुख्य दोष एमाओवादी र मधेसवादी दलको भएको भन्दै विश्वास दिलाउन खोजेका छन् ।
मोरङ ९ मा पहिलो पटक उम्मेदवार भएका एमाओवादी नेता पुनले स्थानीय उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरेको छ । त्यो क्षेत्रका कांग्रेसका डिगबहादुर लिम्बु र एमालेका घनश्याम खतिवडा स्थानीय नेता हुन् । गएको संविधानसभामा ललितपुर १ बाट विजयी भएका पुन गृहजिल्ला रोल्पाका हुन् । सशस्त्र युद्धका बेला आफू त्यस क्षेत्रमा काम गरेको र अर्थमन्त्री हुँदा विकास निर्माणका काममा त्यहाँ मतदातासँग परिचित भएको उनको भनाइ छ । अरू जिल्लाबाट बसाइँसराइ गरेको बस्ती र आफ्नो पार्टीको पुरानो संगठनका कारण उनले जित्ने दाबी गर्छन् ।
'यो मेरा लागि नयाँ क्षेत्र होइन, म यहाँका मतदातासँग परिचित छु, हाम्रो पार्टीको संगठन राम्रो छ, पार्टीले सारेका संविधान र संघीयताका एजेन्डा ठीक छन्,' उनले भने, 'त्यसकारण प्रतिस्पर्धाबीच जित्न गाह्रो छैन ।' उनको भर आदिवासी, जनजाति मतदाता, पुरानो पार्टी संगठन र आप्रवासी मतदाताको भर छ । अघिल्लो संविधानसभामा माओवादीले ४, कांग्रेसले २, फोरमले ३ क्षेत्र जितेको थियो । त्यही निर्वाचन क्षेत्रको उर्लाबारीमा घरदैलोमा भेटिएका कांग्रेस उम्मेदवार लिम्बु आफूले जित्नेमा बढी विश्वस्त देखिए । सामुदायिक वन र स्थानीय सहकारी चलाएको अनुभव र स्थानीय नेता भएको 'बेनिफिट' आफूलाई हुने उनको विश्वास छ । गत संविधानसभामा पराजित भए पनि आफू सधैं घरदैलो अभियानमा भएकाले आधार राम्रो भएको बताए ।
'म गत संविधानसभामा पराजित भए पनि क्षेत्रवासीसँग अभूतपूर्व सम्बन्ध छ,' उर्लाबारीमा घरदैलोमा भेटिएका उनले कान्तिपुरसँग भने, 'विगतका चारवटा निर्वाचनमा यस क्षेत्रमा बामपन्थीले जिते पनि विकास निर्माणका योजना ल्याउन नसक्दा यसपालि मतदाताले कांग्रेस रुचाएको मैले पाएको छु ।' उनी पनि कांग्रेसबाहेक जनजातिको मत तान्ने कसरतमा लागेका छन् । यही क्षेत्रका एमालेका उम्मेदवार घनश्याम खतिवडा पूर्वजनप्रतिनिधि र पुराना स्थानीय नेता भएकाले आफ्नो आधार बलियो देख्छन् ।
माओवादीको विभाजनको फाइदा आफूलाई हुने उनको अड्कल छ । एमाओवादी उम्मेदवार पुन र कांग्रेस उम्मेदवार लिम्बुबीच स्वतन्त्र जातीय मत विभाजन भए त्यसको फाइदा उनलाई हुन सक्छ । यो क्षेत्रमा गत संविधानसभामा एमाओवादीले जितेको थियो ।
लिम्बु र खतिवडाले आफूलाई सहयोग गर्न वैद्य माओवादीका नेतासँग कुराकानी गरेका छन् । 'अनौपचारिक रूपमा साथीभाइको हिसाबले सहयोग गर्छौं भन्नुभएको छ,' लिम्बुले भने । पुनले भने माओवादीले राजनीतिक चरित्र देखाउन छाडी बम राख्ने र अवरोध गर्ने काम लुकीलुकी गरेको आरोप लगाए ।
कांग्रेसबाट मोरङ ७ का उम्मेदवार कोइरालाले फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारको कडा सामना गर्नुपरेको छ । गएको संविधानसभामा गच्छदारबाट पराजित भई उपनिर्वाचनमा विजय भएका उनले यसपटक आफ्नो पक्षमा राम्रो माहोल भएको बताए ।
उपनिर्वाचनमा विजयी भएपछि आफ्नो क्षेत्रका मतदाता र कार्यकर्तासँग नियमित सम्पर्कमा रहेर विकास निर्माणमा लागेको उनको भनाइ छ । उनले कोइराला निवासमा सोमबार कान्तिपुरसँग कुरा गर्दै भने, 'यस क्षेत्रका हरेक मतदातालाई म चिन्छु र उनीहरूले पनि मलाई चिन्छन् । म उनीहरूका मुद्दामा गम्भीर छु ।'
फोरम फुटेकाले त्यसको सकारात्मक प्रभाव आफूलाई पर्ने उनको बुझाइ छ । कोइराला परिवारको राजनीतिक विरासतको रूपमा रहेको मोरङ ७ बाट उम्मेदवार भएका शेखरले फोरम विभाजन भएकाले जित्ने आधार देखेका छन् ।
'म कोइराला परिवारको लिगेसी होइन र राजनीतिमा लिगेसी हुनु पनि हुँदैन भन्ने मान्यता राख्ने मान्छे हुँ म । काम गर्दै जानुपर्छ आफैं अगाडि बढिन्छ,' उनले भने, 'कोइराला परिवारले प्रजातन्त्रका लागि पटक-पटक जेल जाने र निर्वासित जीवन बिताएको छ । त्यसैले त्यो परिवार राजनीतिमा होमिँदा लिगेसीको कुरा गर्नु हुँदैन ।' उनले अघिल्लो निर्वाचनमा जातीय आधारमा मत माग्दा कांग्रेस अप्ठ्यारोमा परेको उनको भनाइ थियो ।
गच्छदारले आफूले सबैभन्दा बढी विकास गरेकाले जित्ने आधार भएको बताए । 'मैले मोरङमा धेरै विकास गरेको छु,' उनको भनाइ छ । उनले उम्मेदवार मनोनयन गर्ने बेला निर्वाचन जित्ने तरिका आफूलाई राम्ररी थाहा भएको बताएका थिए । यस क्षेत्रमा एमाओवादीका गोपाल छेत्री र एमालेकी यशोदा अधिकारी प्रतिस्पर्धामा छिन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं मोरङ ६ का उम्मेदवार महेश आचार्य घरदैलो अभियानका क्रममा लखन्तरी बिर्तामा पसिनाले निथ्रुक्क भिजेको अवस्थामा थिए । थारूबस्तीमा मत माग्दै उनले मतदातासमक्ष सहज ढंगले पुग्ने अवस्था भएको र आफ्ना कुरा ढुक्कसँग राख्न पाएकाले जित्ने आधार बन्दै गएको दाबी गर्छन् ।
'अघिल्लो निर्वाचनमा मधेस आन्दोलनको राप र माओवादी धम्कीका कारण मतदातासँग पुग्ोर आफ्ना कुरा राख्न नपाउँदा पराजय भोग्नुपर्यो । यसपालि त्यो स्थिति छैन । सबै मतदातासमक्ष पुगेर आफ्ना चुनावी मुद्दा राखेर भोट माग्दै छु,' उनले भने ।
गएको निर्वाचनमा मधेसी जनअधिकार फोरमका उम्मेदवारसँग पराजित भएका उनले कांग्रेस छाडेर एमाओवादीमा प्रवेश गरेका बाबुराजा ओझा र फोरम नेपालका मृत्युन्जय झा र फोरम लोकतान्त्रिकका पूर्वडीआईजी भक्ति माझीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । उनले एमाले उम्मेदवार महेशप्रसाद भट्टराईको सामना गर्नुपरेको छ ।
कांग्रेसका पाका नेता आमोदप्रसाद उपाध्याय एमाओवादीका गणेशप्रसाद उप्रेती र एमालेका ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धा गर्दैछ् । 'विगत २२ वर्षदेखि यो क्षेत्रका जनताको सुखदुःखमा साथ बाँड्दै आएको छु । गिरिजाप्रसाद कोइरालाको विरासत पनि हो यो क्षेत्र ।
२०४८ सालयता सबै निर्वाचनमा यहाँका जनताले कांग्रेसलाई साथ दिएका छ्,' उपाध्यायले भने, '२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको हावाहुरीमा पनि यहँूका जनताले कांग्रेसलाई छाडेन् । यसपालि पनि छाड्दैन् भन्ने विश्वास गरेको छु ।'
मोरङ ५ का उम्मेदवार फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले शाहीकालका उपप्रधानमन्त्री बद्री मण्डलका साथै एमाओवादीका बालेश्वर कामत, कांग्रेसका अमृत अर्याल, एमालेका रामलाल साहसँग प्रतिस्पर्धा गर्दैछ् । पार्टी विभाजनका कारण पहिलेभन्दा चुनौतीको सामना गरेका यादवले आफूले जित्नेमा कुनै शंका नभएको बताए । 'मैले जित्नेमा शंका छैन,' उनले भने । अरू उम्मेदवारले पनि आफूले जित्ने दाबी गरेका छ् ।
मोरङ ३ मा एमाले केन्द्रीय सदस्य गुरु बराल, कांग्रेसका दिलीप गच्छदार, एमाओवादीका खेमराज भट्टराई, फोरम लोकतान्त्रिकको सत्यनारायण भगत घरदैलो अभियानमा मोरङको मध्यभागको सिध्राहामा भेटिए । बरालले एक वर्षमा संविधान निर्माण, विकासका राम्रा मुद्दा ल्याएकाले जित्ने दाबी गरे । एमाओवादीका भट्टराईले भूमिगतकालमा त्यहाँ मतदातासँग साक्षात्कार भएको र पार्टीको मुद्दा राम्रो भएकाले जित्ने दाबी गरे ।
मोरङ क्षेत्र नम्बर २ बाट एमाओवादीको तर्फबाट उम्मेदवार बनेका कुमारप्रसाद पौडेल आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापा रहेको बताँूछ्् । यस क्षेत्रमा एमालेका चण्डीप्रसाद राई पनि प्रतिस्पर्धामा छ् । मोरङ ८ मा एमाओवादीका गोपी अछामी, कांग्रेसका रमेशजंग रायमाझी, एमालेका चन्द्रबहादुर गुरुङबीच प्रतिस्पर्धा छ ।

Post a Comment