कांग्रेस उपसभापति पौडेललाई देखाए आफ्नै कार्यकर्ताले कालो झण्डा
कात्तिक ११ -
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई सोमबार तनहुँको क्यामिनमा आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
चुनावी अभियान अन्र्तगत सोमबार जिल्लाको क्यामिन गाविसमा पुगेका पौडेललाई उहाँका विरुद्ध तनहुँ क्षेत्र नं. २ मा बागी उम्मेदबारी दिएका तरुण दलका केन्द्रिय सदस्य पूर्णबहादुर गुरुङ पक्षका यूवाको समूहले क्यामिन २ माझफाँटमा कालोझण्डा देखाएका छन् ।
कालो झण्डा प्रदर्शन गर्नु राजनीतिक संस्कार भएको भन्दै उपसभापति पौडेलले लोकतन्त्रमा सबैलाई विरोध गर्ने अधिकार भएको प्रतिक्रिया दिनुभयो । नेपाली कांग्रेसबाट आधिकारिक उम्मेदवारी नपाएपछि तरुण दलका केन्द्रिय सदस्य पूर्णबहादुर गुरुङले पौडेलबिरुद्ध बागी उम्मेदवारी दिनु भएको छ ।
Post a Comment