आलोचनात्मक प्रश्न सोधे बापत युथफोर्सबाट मतदाता कुटिए

आलोचनात्मक प्रश्न सोधे बापत काठमाण्डौ ५ का एकजना मतदाता नेकपा एमाले महासचिव तथा पार्टीका उम्मेदवार इश्वर पोख्रेलका सामुन्ने उनकै समर्थकहरुद्धारा कुटिएका छन्
अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाले सोमवार काठमाण्डौको सुकेधारास्थित एक बेंकेटहलमा आयोजना गरेको संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवारका प्रत्यासीहरुसँग मतदाताको प्रत्यक्ष अर्न्तक्रियात्मक कार्यक्रममा उम्मेदवारहरुले आआफ्ना विचार राखिसकेपछि दर्शकहरुले आफूलाई लागेका कुरा सोध्ने क्रममा हाडीगाँउका मतदाता रमेश घिमिरेले एमाले उम्मेदवार पोख्रेललाई प्रश्न सोधे बापत एमाले पार्टीको भातृ संस्था युथफोर्सका कार्यकर्ताद्धारा निर्घात कुटिएका हुन।
कार्यक्रममा उपस्थित उम्मेदवारहरुलाई प्रश्न सोध्नु पूर्व आफ्नो परिचय दिदै घिमिरेले आफु काँही नभएको जात्रा भन्ने ठाउँबाट आएको भन्दै पहिलो प्रश्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार राजाराम श्रेष्ठलाई सोधे। 'तपाईहरु आफ्नो पाटी र उम्मेदवार दुबै गरिब छौं भन्नुहुन्छ। तर, तपाईको पार्टी अध्यक्ष कमल थापा भर्खरै भारतमा गएर भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीसँग भेटघाट र कुराकानी गरी र्फकदा खालीहात फर्कनु भयो कि केही ल्याउनु पनि भयो?' भनि प्रश्न गर्दा राप्रपा नेपालका उम्मेदवार श्रेष्ठले केहि जवाफ नदिएर खालि हाँसेर टारे।
त्यसपछि घिमिरेले एमाले उम्मेदवार पोख्रेललाई 'तपाई पहिले मन्त्री हुँदा अकुत पैसा कमाएर पानीको टयांकीमा लुकाएको भन्ने हल्ला व्यापक आएको थियो। के तपाईले साँच्चै पैसा लुकाएको हो भने अहिले त्यसको खर्चको हिसावकिताब दिन सक्नुहन्छ कि त्यो कहाँ कहाँ खर्च भयो भनेर?' प्रतिउत्तरमा पोख्रेल पनि खिस्स हाँसेर बसे, कुनै जबाफ दिएनन्। तर, कार्यक्रमस्थलमा उपस्थित उनका समर्थक एवम् युथफोर्सका एकहुल कार्यकर्ता घिमिरेमाथि तत्काल जाइलागे र निर्घातसँग कुटपिट पनि गरे। त्यसपछि कार्यक्रम विथोलियो।
घटना पश्चात सेतोपाटीसगँ संक्षिप्त कुरा गर्दै घिमिरेले भने, 'एमाले भातृसंस्था युथफोर्सका कार्यकर्ताको यो आक्रमण र असहिष्णुता लोकतान्त्रिक व्यवस्थामा आम मतदाताको सुसुचित हुन पाउने अधिकार माथिको ठाडो आक्रमण हो।'
त्यस्तै कार्यक्रम आयोजक संस्था अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक गुणराज लुईटेलले सो घटनालाई निन्दा गर्दै यस प्रकारका घटनाले के साँच्चै हामी नेपाली, नेपालका राजनीतिक दल र तिनका कार्यकर्ताहरु आचरणमा लोकतन्त्र र लोकतान्त्रिक संस्कारप्रति प्रतिबद्ध छौं भन्ने गम्भिर प्रश्न चिन्ह खडा गरिदिएको बताए।
कार्यक्रममा पोखरेलले आफ्ना कार्यकर्तालाई संयमित हुन्न एक शब्द समेत बोलेनन् । आफ्ना कार्तकर्ताको हुलले एकजनामाथि हातपात गरिरहन्दासमेत एक शब्द नबोली मौन रहनुले उनको आचरणमा आशंका उब्जेको छ ।
घिमिरेले आफूमाथी भएको हातपात पछि के यो लोकतन्त्र हो रु जहाँ आफ्नो मनमा लागेका कुरा सोध्न नपाईने यो कस्तो लोकतन्त्र होरु खोइ कहाँ छ नागरिकको सुरक्षा अनि कहाँ छ सूचना पाउने अधिकाररु भनि प्रश्न सोधेका थिए ।
Post a Comment