एउटा वडामा एकमात्रै मतदाता
मुलुकका तीन हजार नौ सय १५ गाविसमा एक करोड २१ लाख ४७ हजार आठ सय ६६ मतदाता छन्। त्यसमध्ये हरेक गाविसका वडामा १० भन्दा कम नभएको निर्वाचन आयोगको तथ्यांक छ। तर अचम्म, इलाम क्षेत्र नम्बर २ मा पर्ने लुम्दे गाविसको ८ नम्बर वडामा एकजना मात्रै मतदाता छन्।
अहिले राप्रपा नेपालका सहअध्यक्ष रहेका पदमसुन्दर लावती पञ्चायतकालमा गृहमन्त्री भएका बेला लुम्दे–८ नम्बर वडालाई पा“चथरको रवि गाविसमा गाभिएपछि संविधानसभा निर्वाचनको फोटोसहितको मतदाता नामावलीमा फिरोज चौहानको मात्र नाम समावेश भएको हो।
२०३४ सालमा अर्को जिल्लामा अनौठो गरी गाभिएपछि लुम्दे गाविसमा आठ मात्र वडा छन्। एक हजार तीन सय ६० मतदाता रहेको लुम्दे गाविसको उक्त वडाका अरु सबै मतदाताको नाम पा“चथरको रवि गाविस–५ नम्बर वडामा समेटिएको छ।
निर्वाचन आयोगको १६६४५२४२ नम्बरको फाराम भरेका चौहान ८ लुम्दे गाविस–८ का एक्ला मतदाता हुन्। नामावली संकलन गर्न गाउ“ गाउ“मा कर्मचारी खटिएका बेला चौहानले लुम्दे–८ कै ठेगानामा फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम टिपाएका थिए।
इलामका तीन निर्वाचन क्षेत्रमा एक लाख ६३ हजार पाँच सय ४८ मतदाता छन्। एक नगरपालिका र ४८ वटा गाविसमध्ये इलाम नगरपालिकामा सबैभन्दा बढी नौ हजार सात सय ३३ जना मतदाता छन् भने सबैभन्दा कम वडा अर्कोतिर गाभिएकैले लुम्देमा एक हजार तीन सय ६० छन्।
पञ्चायतकालको स्थानीय चुनावमा आफ्नो पार्टीका तर्फबाट उठाउने गतिलो उम्मेदवार नभेटेपछि लुम्दे–८ लाई रवि–५ मा गाभेर हेमबहादुर तामाङलाई प्रधानपञ्चमा उठाएका थिए। लुम्दे–८ का तामाङ उक्त चुनावमा पराजित भए पनि गुमेको वडा अहिलेसम्म इलामतिर फर्काइएको छैन।
…एउटा वडाका सबै वासिन्दालाई पा“चथरतिर गाभि“दा लुम्दे गाविस अपाङ्ग जस्तो भएको छ' स्थानीय मातृका चौहान भन्छन्, …गुमेको वडा फर्काउन थुप्रैपल्ट डेलिगेशन जा“दा सरोकारवाला निकाय र नेताको घरदैलो चहारे पनि कतैबाट सुनुवाई भएको छैन।'
एउटा वडाका सबै वासिन्दा पा“चथरतिर गाभि“दा गाविसको सामाजिक, प्रशासनिक र राजनीतिक काममा चौतर्फी बाधा परिरहेको सचिव लेकबहादुर नेम्वाङले बताए। अहिले चुनावी दौडमा रहेका उम्मेदवार पनि आफ्ना मतदाता अर्को जिल्लामा पर्दा अचम्भित छन्।
…गुमेको वडा फर्काउन लुम्देवासीले स्थानीय चुनाव वहिस्कार गर्नेदेखि धेरैपल्ट चारैतिर दौडिएर सरोकारवालाई गुहार्दै गरेका सबै प्रयास असफल भएका छन्' सचिव नेम्वाङले भने, …चुनावमा मतदाता कम हुने देखि विकास बजेट बा“डफा“डमासमेत ठूलो असर पर्ने गरेको छ।'

Post a Comment