0

चुनाव विरोधी गतिविधि गर्ने बैद्य माओवादीका तीनजना पक्राउ

१० कात्तिक,
 निर्वाचनस विरोधी गतिविधि गर्ने नेकपा-माओवादी वैद्य समूहका तीन जनालाई उदयपुरका विभिन्न स्थानमा पक्राउ गरिएको छ ।
जिल्लाको कटारीस्थित त्रिवेणी-९ बाट नेकपा-माओवादीका जिल्ला नेता पर्शुराम पोखरेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।
त्रिवेणीमा निर्वाचन बहिष्कार गर्नका लागि जनतालाई उक्साउँदै पम्प्लेटसहित प्रचार-प्रसार गरिरहेको बेला पोखरेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताउनुभयो ।
यस्तै, जिल्लाको क्षेत्र नं १ स्थित बेल्टार बजारमा एमाओवादीका अध्यक्षको चुनावी आमसभा भाँड्न नेतृत्व गर्ने नेकपा-माओवादीका जिल्ला नेता मीनप्रसाद पोखरेल र बाबुराम सुवेदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

Post a Comment

 
Top