0

चुनावका लागि आइतबारदेखि सेना परिचालन

 कात्तिक १ -

 आगामी मसिर ४ गते हुने सबिधानसभा चुनाबको सुरक्षाका लागि आइतबारदेखि नेपाली सेना परिचालन हुने भएको छ ।

सरकारले चुनाबका लागि बनाएको एकिकृत सुरक्षा योजना अन्तर्गत पर्सीदेखि सेनाले चुनावी सुरक्षाको काम थाल्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
आइतबारदेखि नेपाली सेना देशभरका सबै निर्बाचन क्षेत्रमा पुग्नेछ । चुनावका लागि ६१ हजार ९ सय ९५ सैनिक परिचालन गरिनेछ । निर्वाचन क्षेत्र वरिपरि पुगेर नागरिकलाई चुनाबको सुरक्षाबारे ढुक्क पार्ने काम गर्ने प्रवक्ता पोखरेलले बताउनुभयो ।
सेनाले बम डिस्पोजल, मतदाता सुरक्षा, उम्मेदवार सुरक्षा , मतपत्र ढुवानी  लगायतका कामका लागि छुट्टाछुट्टै टोली खटाउने भएको छ । सबै जिल्ला सुरक्षा समितीसंग सहकार्य गरेर सेनाले चुनाबी सुरक्षाको  काम गर्ने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।  

उम्मेदवारको सुरक्षालाई प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री माधवप्रसाद घिमिरेले उम्मेदरवारको सुरक्षालाई प्राथमिकता दिई आवश्यक सुरक्षा व्यवस्था मिलाउन सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
पोखरामा पश्चिमाञ्चल विकास क्षेत्रका सुरक्षा प्रमुखहरुको क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्री घिमिरेले चुनावका बेला हुन सक्ने सबै खाले चुनौतीलाई मध्यनजर गरी शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र समन्वयात्मक रुपमा सुरक्षाकर्मीहरु परिचालन गर्न पनि निर्देशन दिनुभयो ।
एकिकृत सुरक्षा योजना अनुसार हरेक मतदानस्थलको अवलोकन गरी त्यहि अनुसार मतदानस्थल केन्द्रित निर्वाचन सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो ।

Post a Comment

 
Top