0
अमेरिकाबाट फर्काइए भुटानी शरणार्थी, भयो बिचल्ली
२७ असोज-

तेस्रो देश पुनर्बासका लागि शिविरबाट काठमाडौँ पुर्‍याइएका भूटानी शरणार्थीलाई पुन शिविरमै फिर्ता ल्याइएपछि उनीहरुको बिचल्ली भएको छ । दसैंको मुखमा तीन दिन अघि २० शरणार्थीका परिवारलाई शिविरमै फर्काइएको शिविर व्यवस्थापन समितिहरुले जनाएका छन् ।
बेलडाँगी शिविरका सचिव सञ्चपाल सुब्बाका अनुसार झापाको बेलडाँगी र मोरङको पथरीबाट अमेरिका पुनर्बासमा लगिएकाहरुलाई उचित कारण नदेखाइ अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले शिविरमै ल्याएर छोडिदिएको छ । पुनर्बासको तयारी भएपछि शरणार्थीहरुले लत्ताकपडा, सबै बिक्री गरेका थिए । सात दिन अघि शिबिरबाट काठमाडौँ उडाइइपछि उनीहरुका छाप्रामध्ये केहीमा अन्य शरणार्थीलाई सारिएको थियो भने केही छाप्रा भत्काइएको थियो ।
फर्काइएका शरणार्थीलाई व्यवस्थापन गर्न आफूहरुलाई धौ-धौ परेको सचिव सुब्बाले जानकारी दिए । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसिआर)ले फर्काइएका शरणार्थीलाई सबै व्यवस्था गरेको जनाए पनि रासनमात्र बितरण गरेको पीडितहरुले बताएका छन् । उनीहरु आफन्तको आश्रय लिएर बसेका छन् । उनीहरुलाई फर्काउनुको कारणबारे यूएनएचसिआरले कुनै निश्चित कारण नखुलाएको सुब्बाले बताएका छन् ।

Post a Comment

 
Top