यौन शोषण गरिसकेपछि बेल्जियमकी गर्लफ्रेन्डसित मिलेर नेपाली चेलीमाथि चरम यातना
● शेर बहादुर छन्त्याल / बेल्जियम
● ददि सापकोटा / फ्रान्स
(उनले पत्नी मानेका रोजी र उनीबाट जन्मिएकि छोरीसित किरण काफ्ले)
२०६६ साल बैशाख १९ गते को त्यो कालो रातले उनको पति काखैबाट खोसेर लग्यो । त्यसपछि धादिङ बेशी (धादिङ जिल्ला) कि रोजी अधिकारीका दुखाका दिन शुरु भए । यसैपनि अधिकारीकि छोरी, श्रेष्ठसित बिहे गरेकि । जात र पात भनेर हेला र होचो गर्ने संस्कार छँदै थियो । झन पती बितेपछि त उनका सासु ससुराले आरोप लगाउन थाले ‘हाम्रो छोरोलाई केहि भएकै थिएन । तैले खाएकी होस् । तँ सैतान, तँ अलच्छिनी भएर हो ।’ उनलाई सहारा दिने कोहि भएन । नत सान्त्वना दिने कुनै मेसो र माध्यम बन्यो । काखको छोरो माइतमा हुर्काउन पाईनन् । घरको अनेक आरोप । आफूलाई असाध्यै माया दिने पतीको बियोग । छोरोको भविष्य । सबै सम्झिँदा उनलाई थात थलो छोड्न मन लाग्यो । र आफ्नो कस्मेटिकको पसलबेचेर लागिन् उनी बिदेश । सबैले सुझाव दिए, ‘बेल्जियम जाउ । धेरै नेपाली छन् । अर्दा पर्दा साथ मिल्छ । भाषा बोल्न पाइन्छ । आफ्नो थिति, संस्क्रिति र नेपालीत्वबाट टाढा हुनु पर्दैन ।’ हो क्यारे त भनेर उनी हानिईन बेल्जियमको बुर्गे सहर ।
न त अंग्रेजी भाषामा दक्ष । बेल्जियममा बोलिने दुई स्थानिय भाषा झन जान्ने कुरै भएन । काम गर्न यहाँ बस्ने र काम गर्ने बैधानिक कागज चाहिने । कसो गर्ने ? आफन्तले भने ‘अरु उपाय छैनन् । शरणार्थी केस गर । त्यो केस नसक्किउन्जेल क्याम्पमै बस्नु पर्छ ।’ लौ त भनेर क्याम्पमा गईन । क्याम्पमा बस्दा उनले बेल्जियममा रहेको आफन्तसित बेलाबेला फोन गर्थिन । कागज कसरि बनाउने भनेर रन्थनिँदै बसेका बेला आफ्नो फोन नम्बर कसैबाट पत्ता लगाएछन् एक पुरुषले । उसले फोन गर्न थाल्यो । राती राती फोन गर्थो र भन्थ्यो ‘म तिमीलाई राम्रोसित चिन्छु । तिमी फलानो हो ।’
उ मिठो बोल्थ्यो । सम्झाएझैं गर्थ्यो। ‘मेरो नम्बर कहाँबाट लिनु भो ? तपाई को हो त ?’ सोध्दा उ जवाफ दिन्थ्यो ‘मलाइ कसैलेपनि दिएको हैन, आफैंले पत्ता लगाएको ।’ उसले आफू बेल्जियममा बसेको बतायो । बिस्तारै फोन गर्दागर्दै उ रोजी अधिअकारीलाई भेट्न शरणार्थी क्याम्पमै गयो । नजिकिन अनेक प्रयत्न गर्यो । बिस्तारै म अविवाहित हुँ भन्न थाल्यो । एक दिन हाकै भन्यो ‘तिमी बिधवा हो । मलाई थाह छ । त्यो भएर केहि हुन्न । म तिमीलाई बिहे गर्छु ।’

उसले ‘के भो त ? केहि हुन्न’ भनेर अनेक आश्वाशन दिँदै फकायो । साथीको कोठामा लग्यो र त्यहि शारिरिक संसर्ग भयो । तर उसले बेल्जियमकै सन्ताल भने महिलासित बिहे गरेको रहेछ । त्यहि कारणले उसले आफ्नो घरमा नलगेर रोजीलाई साथीको घरमा लगेको रहेछ । ३१ वर्षको किरण काफ्लेले करिब ६० वर्षकि सन्तालसित बिहे गरेर बेल्जियमको नागरिकतापनि लिईसकेको रहेछ । त्यो कुरा उसले पुरै गुमराहमा त राख्यो नै, पछि उसले नेपालमा गएर स्वास्नी छोराछोरी भेटेर बेल्जियम फर्किँदासमपनि भनेन, ढाँट्यो । यता बेल्जियममा सन्ताल भन्ने ब्रिद्द उसकि पत्नी । उता नेपालमा बालबच्चा सहित पत्नी । त्यतिलेपनि नपुगेर उसले रोजी अधीकारीलाई पनि बिहा गर्ने आश्वाशन दिँदै पत्नी स्विकारेको थियो । ‘पेपर बनाउनु पर्यो त्यहि भएर खैरेनीसित बिहे गर्नुपर्यो । उसित त पेपरका लागि मात्रै त हो नी, बिहे गरेर बस्ने त तिमीसित हो नी’ भनेर पछि अर्को आश्वाशन दियो ।
तर रोजीले उसलाई तुरुन्तै विश्वास गरेकि भने होइनन् । म बिहे गर्छु भनेपछि उनले नेपालमा बा आमा, दाजुभाईसित कुरा गरिन् । परिवारसित सल्लाह गरिसकेपछि अन्तिममा उसले कोठामा लिएर गयो । त्यो बेलापनि ‘म मुटुकि रोगी छु । मलाई इच्क्षा छैन’ भन्दापनि ‘ह्या बिहे गर्ने भएपछि के हुन्छ त ? अब त हामी एक भयौं नी ।’ त्यसपछि सबै कुरोमा सहमती गरे ।
रोजीलाइ फसाउन उसले के सम्म गरेन ? २०१० को जनवरीमा उ नेपाल गयो । नेपाल जाँदा उ धादिङ गएर रोजीकि आमालाई भेट्यो । रोजीसित बिहे गर्ने कुरा सुनायो । आफ्नो ल्यापटप लिएर गएर बोर्डिङमा रोजीको छोरो भेटेर त्यहिँबाट स्काईपमा आमा छोराबिच कुरा गराइदियो । रोजीका दिदीहरुसित सँगै खाना खायो । बिहे गर्ने बिश्वास दिलायो परिवारलाई । मैले ‘म बिधुवा । तपाई बिहे नभएको केटो । पछि बिधुवासित परें भनेर धोका भाको अनुभव होला नी’ भन्दा ‘हुन्न, म बाट धोका हुन्न’ भन्यो । रोजीसित प्रत्यक्ष कुराकानी गर्न आन्तर्पेनको उनको आफन्तकहाँ पुग्दा मलिनो अनुहारमा रोजीले भनिन् । उ कति समम साँघुरो बिचारको थियो भने पछि रोजीका साथी र आफन्त सबैको फोन नंबर रोजीको फोन खोसेर लिएपछि मेटाइदियो ।
आखिर पती र पत्नी भैसकेपछि कुन कुराले पर्खाल लगाउँछ ? तेरो र मेरो भन्ने नै के रहन्छ र ? रोजीले यहि सोचेर किरण नेपालबाट फर्किँदा नेपालमा भएको आफ्नो सुन, ज्याकेट र अन्य सामान ल्याइदिन भनिन् । बितेर गएका पतीले किनिदिएको सुन र गहना थिए । ति सबै ल्याइदियो किरणले । नेपालबाट हिँड्ने बेला सुन राखेको बाँडा नभएपछि त्यसै आएकि थिईन उनी । उ नेपाल जाँदा कागज दिएर पठाईन त्यो सुन झिकेर यता बेल्जियम ल्याइदिनका लागि । उनीसित केहि ढिक्का सुनपनि थिए । ‘ढिक्का सुनको चाहिँ म ब्रासलेट बनाएर लगाउँछु है ?’ रोजीसित किरणले सोध्यो । उनले स्विकारिन् । ‘मैले मेरै लोग्ने हो जसले लगाएपनि के हुन्छ भनेर दुई तोला दश लालको सुन को ब्रासलेट बनाएर लगाउन दिएँ’ उनले सुनाईन् ।

नेपालबाट फर्केर आएपछि उसले सुन हात पारिसकेपछि बल्ल स्वास्नी छोराछोरी छन् चितवनमा भनेर सुनाउँदा रोजी छानाबाट खसे जस्तो भईन् । १५ दिनसम्म काफ्लेसित बोलिनन् । अनि उसले फोन गरेर ‘नरिसा । मसित एकपटक भेट । भेटेर गफ गरम । दुई वटा स्वास्नी कसको पो हुन्न र ? तँलाईपनि माया दिएर राखम्ला’ भनेर फेरि फकाउन थाल्यो । अनि रोजीले सोधिन’नेपालमा भएकिलाई के गर्नुहुन्छ त ?’ ‘उसलाई उहिँ राख्छु। तँलाई यहाँ मयाँ दिएर राख्छु । बिदेशी केटी त्यो सन्तालसित डिभोर्स गर्छु र तँ र म बसौंला बिहे गरेर’ भन्यो । तर उसले कति ढाँटेको रहेछ भने त्यतिबेला त सन्ताल भन्ने बेल्जियन महिलासित उसले संवन्ध बिच्छेद गरेर छुट्टिईसकेको रहेछ ।
सन् २०११ को कुरो हो । साँढे दुई महिनापछि गर्भ बसेको चाल पाएर सुनाईन उनले । जँचाउन जानु पर्यो भनिन् ।
‘तँ जा न’ भन्यो ।
‘पैसा छैन’ भनिन् ।
‘कसैसित मागेर जा न’ भन्यो ।
‘गाडीमा जाउँ न’ भनिन् फेरि । कसैसित झगडा गरेकाले गाडी पुलिसले लगेको रहेछ । ‘रेलमा जाँदा आउँदा खर्च बढि हुन्छ, एक्लै जा’ किरणले फेरि भन्यो । सथी भाईले ‘श्रीमती जँचाउन जाउ न’ भन्दा उ त्यसो भन्नेलाईनै ‘तिमी गइदेउन’ भनेर पन्छिन्थ्यो । उसले पछि तँ फलाना फलानासित हिँडिस भन्ने आरोप लगाउनको लागि पो रोजीको काममा उनीसित साथीहरुलाई पठाउन खोज्ने रहेछ भन्ने पछि खुल्यो ।
रोजी आफैं मुतुकि रोगी थिईन् । मुटुका रोगीले सके सम्म गर्भ लिन नहुने रहेछ । डाक्टरले ‘बच्चा गर्भ बोक्न नहुने, खतरा हुन्छ’ भनेर सुनाइदियो । मुटु रोगीको त बच्चा फाल्दापनि आमालाई खतरा हुने रहेछ । राख्दापनि उस्तै खतरा ।
तैपनि जँचाउन जाऔ भनेर पती मानेका उसलाई बोलाउँदा आएन । उनीसित पैसा थिएन । दाजुभाईसित पैसा मागौं भनें ‘बिहे भएको छैन, गर्भ बोक्ने’ भनेर मुखमा थुक्न सक्थे । भन्ने कुरै भएन । त्यो बेलासम्म गर्भ छ भनेर उनले भाईहरु कसैलाई पनि भनेकि थिईनन् ।
चौध हप्ता कटेपछि फाल्न पनि मिल्दैन भनेर डाक्टरले भन्यो । बच्चा राख्ने सल्लाह निधो गरिन् । मिङ्मा भन्ने साथीले ‘पिर नमान । म हेरौंला। उ पापी रहेछ । थाह थिएन । मेरो कागज छ । तिमी काम गरौली’ भनी । उसैको आडले बच्चा हुर्किँदै गयो । बच्चा छ पेटमा भनेपछि त उ आउनै छाड्यो । वास्तै गरेन ।

कम्युनमा जाउँ न त भन्दा उ भागेर नेपाल गएछ । उनीहरुले जबर्जस्ति नाम लेखाउन ल्याउँछन् भन्ने डरले । उ तिन महिना उतै नेपाल बस्यो । तर बच्चाको खबर के छ । पत्नी भोकै बसेंकि छ कि कुनै वास्ता गरेन । अनि उ कता गयो भन्ने थाह नभएपछि उनीहरुले एक दिन सन्ताललाई फोन गरेर सोधे । ‘ब्याग बोकेर कता गएको हो कुन्नि । थाह छैन ।’ भनेर उसले ढाँटी । साथीहरुले फोन गरेर गोरेनीलाई भनेछन् ‘यो बिरामी छ । हामीले सधैं हेर्न मिल्दैन । बच्चा वा आमालाई केहि भएर मरे भने गाह्रो हुन्छ । ‘केहि हुन्न, मरेपनि पुलिसले हेर्छ’ भन्ने निस्ठुरी जवाफ दिई गोरेनीले ।
अनि के गर्ने ? जसले फोन गर्यो उसैलाई तथानाम मुख छाड्थ्यो किरण । अब उसैको घरमा जाने, त्यसै नछोड्ने भनेर सल्लाह गरेछन् छेत्री समाजका सदस्यहरुले । ‘एउटा नेपाली महिलालाई यस्तो अत्याचार गर्न दिनुहुन्न’ भनेर छेत्री समाजले भने । माने सल्लाहले ठिक छ । नमानेमा पुलिस केस भएपनि गरेर नछोड्ने अब यसलाई भन्ने सल्लाह गरे । किरणले रोजीसित शारिरिक संसर्ग हुँदाको फोटो, भिडियो सबै रेकर्ड गरेर राखेको रहेछ । छोरी जन्मेपछि त्यो सबै देखाउने, जथाभाबि राख्ने गरेर ब्ल्याकमेलिङ शुरु गर्न थाल्यो ।
उनले छेत्री समाज लगाईन् । सबै जना जाने भनेपछि उसले मलाई फोन गर्यो । ‘म तँलाइ लास्ट वार्निङ दिन्छु । तँ आउने भए आइज । नेपालबाट बुढीहरु नआउन्जेलकोलागि तँलाई म यहाँ राख्छु । आइसकेपछि तेरो बच्चालाई नाम दिन्छु, जे गरेपनि गर्लिस् । नत्र सेक्स गरेको तेरो फोटो सबै ईन्टरनेट, फेसबुकमा हाल्दिन्छु र म युके गएर बस्छु’ भनेर धम्कि दिन थाल्यो ।
त्यसपछि रोजीले काफ्लेकि टिको थाप्ने दिदीलाई घटना सुनाईन् । उनले ‘हेर यो बदमास रैछ । शरिरको प्रदर्शन नगराउ । बेइज्जत हुन्छ । एक पटकलाई माफी देउ । यो क्षेत्री समाजको कुरोमा नलाग । सबै बिर्सेर गएर बस उसित । अहिले उसको स्वास्नी छोरा छोरी नआउनेज्ल गएर बस । आइसकेपछि नाम दिन्छ । अनि तिमीले कतै बसेर खाउली । अहिले बेइज्जत नगर’ भन्ने अर्ति दिईन् । त्यसो भनेपछि उनले पनि रातभरि सोचिन् । बिदेश गएर बच्चा पाएर, बाउको नामपनि दिन नसकेको भनेर त्यो छोरीको किन बदनाम गराउनी ? सँगै बसेपछि बच्चाले बाउको माया पाउँछे, मलाईपनि त माया गर्ला । यसले यत्रो चेति सक्या छ । भोली परिवार आएपछि त केहि गरिदेला नी त ।

रोजी गएपछि त ‘यि यस्तो बनाएर हाल्न खोज्या थिएँ, सबै भिडियोलाई फोटो बनाएर ।’ भन्दै धम्कायो । उनले ‘म तपाईको स्वास्नी हो । तर त्यो मान्नुहुन्न भनेपनि तपाईका छोराछोरी नेपालबाट नआउन्जेल बस्न दिनुस् न त’ भनिन् । तर किरणले त्यतिपनि मानेन । बरु गाली गर्न थाल्यो ‘तँ रन्डी, तँ क्षेत्री समाज लगाउनी । तँ एन आर एन लगाउनी । तँ रन्डीले एक एक चोटी सबैलाई सुत्न दिएको भए त सबैले पालिहाल्थे नी ।’ त्यति भनेर किरणले पेटीनै पेटीले पिट्यो । मुखैमुखमा हिर्कायो । कपाल मुट्ठाकामुठा निकाल्यो गजल्ट्याएर । आँखामा पिट्यो । गोरेनीलाई त डर लागेछ कि क्याहो । मुख र आँखा सुन्निएको देखेर । डाफलगन (ज्वरो र दुखाइ कम गर्ने औषधी) खान दिन थाली । मसित भएको पैसा सबै झिकेर उसले राखि । फेरि मान्छे लागाउँछे भनेर होला उनी भित्र बस्दा वा उनीहरु बाहिर जाँदा चाबी लगाएर थुन्न थाले । मोबाईल खोसेर कसैसित सम्पर्क गर्न नसक्ने बनाए, दुबै जना मिलेर ।
उनीहरुले बच्चा जँचाउन पनि जान नदिएपछि लुकाएको ठाउँबाट चाबी खोजेर उनले आफ्नी बहिनी पर्नेलाइ बोलाएर अस्पत्ताल हिँडिन् । उतै केहि दिन बसिन् । जाने ठाउँ थिएन अन्त । फर्केर आईन् । भोलीपल्ट बच्चा र सन्ताललाई बाहिर पठायो । ढोका बन्द गर्यो । चुक्कुल लगायो । हात हात पछाडी लगेर टेलीफोनको तारले बाँध्यो । खुट्टा बाँध्यो । लुगासुगा फुकालेर नाङ्गो बनायो । ब्यान्डेजको कपडाले घाँटीवरिपरि बाँध्यो । अनि डल्लो पार्यो । आँखामा कालो पट्टी लगाइदियो । अनि उसले मेरो कान त बन्द गरेको थिएन । मैले सुनें कि उसले मोबाईलबाट भिडियो खिच्यो । त्यसपछि बोत्तल कोच्याइदिने । जबर्जस्ति मुखमा, मलद्वारमा सेक्स गर्ने गर्न थाल्यो । अनि ‘तँ यहाँबाट भागेर जाने होइन ? तँ भागेर तेरो नाठाहरुलाई भेट्न जाने अस्पत्तालमा, एक दिन केटा नफेरि बस्न नसक्ने’ भन्दै आरोप लगायो । पेटीले कुट्या कुट्यै गर्यो । उनले याचना गरिन् ‘मलाई नकुट्नुस् । म एक रात भाइसित बसेर आएँ । अस्पत्ताल गएँ, नानीलाई सुई लगाएँ। मपनि त तपाईको स्वास्नी हो, किन पिट्नुहुन्छ यस्तरि, नपिट्नुस् ।
उनी रोईन् । चिच्याईन् । ‘अब देखि कतै जान्न । यहिँ बस्छु । कतै भाग्दिन । जे जे भन्नुहुन्छ त्यहि मानेर बस्छु’ भनेर बिन्ति गरिन् । अँहँ तैपनि निष्ठुरीले सुनेन त्यो रुवाई । ‘तँलाई यो भन्दा ठूलो चाहिएको हो’ भन्दै बोत्तल घुसारिदिने, कोचाइदिने गर्यो । उनलाई यातना दिन गोरेनी सन्तालपनि मिलेकि रैछे । उसले फोन गरेर ‘म आउँ ?’ भनेर सोधी । अंग्रेजीबाट उसले ‘भो नआइज’ भनेर जवाफ दियो । ‘केहिबेर पछि त्यो सन्ताल आई र हात गोडाको डोरी खोलिदिई । मेरो यो हात पाखुरा भरि डामनै डाम थियो ।’ बेथा सुनाउँदा रोजी ग्वाँकि ग्वाँ रोईन् ।
हात खोलिदिएपछि भन्यो ‘अबदेखि जान्नस हैन ? अब मेरो स्वास्नी छोराछोरी नआएसम्म कतै गइस भने सबै यो फोटोहरु फेसबुकमा हालिदिन्छु’ भनेर ब्ल्याकमेलिङ गर्न थाल्यो । ति सबै फोटोहरु उसले ल्यापटपमा राखेको थियो । अनि यस्तो सित बसेर लेरो जिन्दगी चल्दैन । बरु छोडेर कतै जान्छु र यो छोरीलाई त आफुले नखाएरपनि पाल्छु भन्ने सोचिन् । सन्ताल बाथरुम गएको बेला ल्यापटप झिकिन् । त्यो कम्प्युटरको सबै सामान झिकेर भागिन् रोजी ।
(लामो भएकाले बाँकि अर्को भागमा पढ्नुहोला। )
पिडक भनिएका किरण काफ्लेको भनाई

उनले रोजीले आफूसितपनि ब्ल्याकमेलिङ गरेको बताए । तर कस्तो ब्ल्याक मेलिङ स्पष्ठ नपारि तर्किन खोजे । आफूसित समय नभएको बताएका उनले नेपालप्लसमा उनको बारेमा रिपोर्ट निस्किएपछि फेरि रोजीलाई भाईबर मार्फत ‘मेरो बारेमा लेखिएछ, बेइज्जत गरिछस्, अब म आन्तर्पेन आएँ, तँलाई मारीद्न्छु’ भन्दै खबर पठाएको रोजीले नेपालप्लससित बताईन् । जे होस् किरण काफ्ले संपर्कमा आएमा उनका भनाईहरु शुक्रबार लिएर स्थान दिईने छ । उनले रोजीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको, मारिदिने धम्कि दिएको, उनले रोजी र उनको छोरोका नामको फेसबुक खोलेर नांगो तस्विर राखिदिएका सबै प्रमाण नेपालप्लससित सुरक्षित छ। आवश्यक पर्दा तिनलाइ थप प्रमाणका रुपमा प्रयोग गरिने छ । )
Post a Comment