0

हेलिकप्टर प्रयोग गर्न प्रचण्डले अनुमति मागेको आयोगको स्पष्टोक्ति
 निर्वाचन आयोगले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेलिकप्टर प्रयोग गर्नका लागि अनुमति मागेको स्पष्ट पारेको छ । तर अनुमति भने दिइनसकेको आयोगको भनाई छ ।
आयोगले बिहिबार विज्ञप्ती निकालेर अब आइन्दा आयोगको सहमति प्राप्त गरेर मात्र हेलिकप्टर प्रयोग गर्न अध्यक्ष प्रचण्डलाई निर्देशन दिएको जनाएको छ । बुधबार काभ्रेमा सभालाई सम्बोधन गर्न जाने कार्यक्रम भएकोमा नेकपा माओवादीका कार्यकर्ताले बाटोमा अवरोध गरेका कारण प्रचण्ड हेलिकप्टर प्रयोग गरी काभ्रे भएपछि प्रचण्डले आचारसँहिता विपरित काम गरेको भन्दै आयोगका उजुरी परे पछि आयोगले यस्तो निर्णय गरेको हो ।
सुरुमा आयोगले दुर्गमका ११ जिल्लामा मात्र हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था गरेको भएपनि पछि हेलिकप्टर प्रयोगका लचकता अपनाउँदै अन्य ठाउँमा जाँदा पनि प्रयोग गर्न पाउने निर्णय गरेको थियो ।

Post a Comment

 
Top