हाम्रो नेपालमा: "चुनाब जित्नु कहिले कहिले दस धार्नीको माला अहिले" "जसरी पनि चुनाब जित्नै पर्ने" र "चुनाब जित्नु कहिले कहिले दस धार्नीको माला अहिले" को डरलाग्दो र जिद्दीको वर्तमान राजनीतिका विरुद्धमा उभिएका एक्ला बृहस्पति ने.क.पा. एमालेका युवा नेता घनश्याम भुसाललाई क्या बात भन्न मन लाग्यो यो परदेशबाट! हिजो प्रचण्डको टाउको पुरिने गरि लगाईएको एक्काइस किलो वजन भएको मालाको खिसी-टिउरी गर्नेहरु र डिल्ली बजारको खोरबाट निक्लदा एक सय एघार किलोको मालामा पुरिएर बिश्व किर्तिमान कायम गर्ने कांग्रेसी नेता (अहिलेसम्म पार्टीले च्युत गरेको छैन) खुम बहादुर खड्कासंग आज जानी-नजानी "डन" हरुको सुरक्षा घेरामा "माला" प्रतिस्पर्धामा अहिले उत्रिएका छन्...गगन थापा, रबिन्द्र अधिकारी, अर्जुन नरसिंह के.सी., के.पी. ओली, शंकर पोखरेल, योगेश भट्टराई र अन्य केहि नेताहरुI...बिचार तिहारका लागि फूलेका मखमली र सयपत्री फूलहरु अनि पराधीन मालाहरु...रहरले किन झुन्डीन्थे भ्रष्ट र फटाहाहरुको गलामा! नेता ज्यू, धैर्य गर्नुस जनताको मन जितेर चुनाब जित्नु भो भने स्वाधीन जनताले मन भरिको माला पहिर्याई दिनेछन हतार गर्नु भो भने र यिनै "डन" हरुको भर पर्नु भो भने अहिले लगाउनु भएको गरुङ्गो "माला" तपाईको लागि "गलपासो" बन्नेछ! एक पल्ट फेरि साधुबाद अनि अग्रिम बधाई एक्ला बृहस्पति घनश्याम भुसाललाई जसले चुनाब हुनु अघि नै परिवर्तनकामी जनताको मन जिती सक्नु भो
Post a Comment