0

शीर्ष नेतालाई जिताउन कांग्रेस–एमालेबीच तालमेल प्रयास असफल

 नेपाली कांग्रेस र एमालेका नेताहरुले संविधानसभा चुनावमा शीर्ष नेताहरुलाई  जिताउन गरेको तामलमेल प्रयास असफल  भएको खुलासा गरेका छन् ।

दसैंको टिका लगाउन गृहनगर नेपालगञ्ज पुगेका कांग्रेस सभापति सुशील कोइराला र बर्दियाबाट काठमाडौं फर्किदैं गरेका एमाले उपाध्यक्ष वामदेव गौतमले बाँकेको राँझा विमान स्थलमा रहस्य खोलेका हुन् ।
एमाले उपाध्यक्ष गौतमले यस्तो प्रयास भएको तर प्रयास सफल हुन नसकेको बताउनुभयो । कोइराला र गौतमबीच  विमान स्थलमा केहिबेर भएको कुराकानीका क्रममा एमालेका नेता गौतमले कोइराला बाँके क्षेत्र नम्बर ३ र चितवन ४, दुवै क्षेत्रबाट जित्न शुभकामना दिनुभएको थियो ।
कांग्रेस सभापति कोइरालाले चुनावमा एमालेसँग तालमेल गर्ने प्रयास सफल नभएपनि मिलेर चुनाव लड्ने बताउनुभयो ।  चुनावमा कुनै द्वन्द्व र विवाद नगरी शान्तिपूर्ण रुपले जाने कोइरालाको भनाइ थियो ।

Post a Comment

 
Top