बारा ४ मा अर्को उम्मेद्वारी दिन आयोगले एमालेलाई थप समय दिने
नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका मोहमुद आलमको हत्या भएको बारा क्षेत्र नम्बर ४ मा पार्टीबाट अर्को उम्मेदवारी दिन निर्वाचन आयोगले थप समय दिने भएको छ ।
निर्वाचन हुन १५ दिन बाँकी रहँदा उम्मेदवारको निधन भएमा सम्बन्धित पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिन पाउने कानुनी प्रावधान भएकाले आयोगले एमालेलाई समय दिने भएको हो ।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले तोकिएकै मितिमा चुनाव हुने गरी बारा क्षेत्र नम्बर ४ मा चुनावी कार्यक्रम पुनः प्रकाशन गरिने बताउनुभयो । पार्टीका तर्फबाट यस सम्बन्धी सूचना प्राप्त भएपछि चुनावी कार्यक्रम पुनः प्रकाशन गरिने आयुक्त गुरुङको भनाइएछ ।
यसैबीच नेकपा एमाले अध्यक्ष झलनाथ खनालले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको हत्याको छानविन गरी कारबाही गरिने बताउनुभयो । आलमको निवास वारा परवानीपुर पुगेका अध्यक्ष खनालले परिवारसँग यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
शोकसन्तप्त परिवारलाई सान्त्वना दिंदै अध्यक्ष खनालले आलमलाई अन्तर्राष्ट्रिय गिरोह तथा जासुरी संस्थासँग जोड्ने प्रयास गर्नु घट्नालाई अन्यत्र मोड्ने षडयन्त्र भएको बताउनुभयो ।
आलमको स्थानमा उहाँकी श्रीमती नाजमा खातुनलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरीसकेको खनालको भनाइ छ । असोज १८ गते नचिनेका मान्छेको गोली लागि घाइते भएका आलाको उपचारका क्रममा विहीबार निधन भएको थियो ।
Post a Comment