0

किन फर्काए वैद्यका कार्यकर्ताले केन्द्रको सर्कुलर ?

 कात्तिक १३ –
 चुनावको सक्रिय बहिष्कार गर्ने निर्णय सहित झडप र चुनाव प्रसारमा अवरोध शुरु गरेका नेकपा–माओवादीका कार्यकर्ताले केन्द्रको सर्कुलर अस्वीकार गर्दै फिर्ता पठाएका छन् । केन्द्रले पठाएको सर्कुलरमा एमाओवादीलाई लक्षित गरि आक्रमण र अवरोधका कार्यक्रम बढाउनु पर्ने उल्लेख गरिएपनि कार्यकर्ताले उक्त सर्कुलर त्रुटीपूर्ण र कम्युनिष्ट आन्दोलनकै लागि कलंक हुने भन्दै अस्वीकार गरेका छन् । वैद्य माओवादीका एक केन्द्रिय सदस्यले  भने– केहि दिनपछि नै हाम्रो आक्रमणको रणनीतिमा उल्टो दिशाको परिवर्तन आउँछ । उनका अनुसार कार्तिक २५ गतेबाट ड्यासका कार्यकर्ताहरुले कांग्रेस एमालेलाई केन्द्रित गरि आक्रमण र अवरोधका घटना बढाउने रणनीति बनाएको छ । ती कार्यकर्ताले भने ‘‘केन्द्रले प्रचण्डको कार्यक्रममा आक्रमण केन्द्रित गर्न सर्कुलर गरेको थियो, तर प्रचण्डमाथि मात्र आक्रमण केन्द्रित गर्दा चुनावमा माओवादी हार्ने र कांग्रेस जित्ने हुन्छ र कांग्रेसले जित्दा राज्यसत्ता कम्तिमा ४० वर्ष कम्युनिष्टको हातबाट बाहिरिन सक्छ । राज्यसत्ताबाट कम्युनिष्टलाई निकालेर मुख्य दुस्मनलाई त्यहाँ पुरयाउनु भनेको कम्युनिष्ट आन्दोलनमा हामी कलंक सावित हुनु हो, हामी त्यो नियती भोग्न तयार छैनौँ । ”
cpn-Maoist-frontस्रोतका अनुसार भर्खरै सम्पन्न केन्द्रिय समिति बैठकमा समेत यस विषयमा केहि सदस्यहरुले कुरा उठापनि केहि शीर्ष नेताहरुको राजनीतिक प्रतिशोधको भावनाका कारण त्यस्तो सर्कुलर आएको हो । बैठकमा भएको घटना सम्झदै रातोपाटीसँग उनले भने ‘‘ भोली युद्धमा नै जाने हो भनेपनि प्रचण्ड भन्दा कांग्रेस एमालेले हामीलाई बढि दमन गर्छ, एमाओवादीभित्र त हामीलाई निकै मायाँ गर्ने साथीहरुपनि हुनुहुन्छ, त्यसैले प्रचण्डलाई त्यस्तो निर्णय गर्न गा¥यो हुन्छ, तर कांग्रेस÷एमालेलाई फेरी सत्ता सुम्पेर कम्युनिष्ट आन्दोलनकै कलंक नबन्नेकी मात्र भन्न खोजेको हो भनेर कुरा राख्यौँ ।” प्रचण्डका पक्षमा वकालत गरेको भन्दै केहि बेर उनीमाथि केन्द्रिय नेताहरु नै खनिएपनि पछि अन्य साथीहरुले समेत आफुलाई साथ दिदा यो विषयमा पनि छलफल चलेको उनले जानकारी दिए ।
स्रोतका अनुसार पश्चिमका दुई जिल्लाले केन्द्रले पठाएको सर्कुलर फिर्ता पठाउँदै आक्रमणको निसाना कांग्रेस एमाले नै हुने खबर पठाएका छन् । पश्चिम नेपालबाट केन्द्रमा फिर्ता आएको सर्कुलसँगैको चिठीमा ‘‘पार्टीले नै कांग्रेसलाई मुख्य दुस्मन र एमाले÷एमाओवादीलाई सहायक दुस्मन किटान गरेको र यथास्थीतिवादी शक्ति कांग्रेस एमालेनै हो भन्ने हाम्रो निष्कर्ष छ । एउटा जटिल समयमा चुनाव हुन लागेको र त्यसलाई रोक्नु पार्टीका लागि जीवन मरणको विषय भएपनि प्रयास गर्दागर्दै चुनाव भयो र प्रचण्ड नेतृत्वको माओवादीले हारे केन्द्रमा फेरि हिजो जनयुद्धमा दमन गर्नेहरु नै पुग्नेमा नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छौँ । एमाओवादीले विगतमा गरेको कमजोरी सच्याएर आए अझैपनि पार्टी एकताको सम्भावना कायम रहेको अवस्थामा परिवर्तनकामी शक्तिलाई चुनावको समयमा चौतर्फी घेरा हाल्नु गम्भिर भुल हुने निष्कर्ष सहित यो सर्कुलर फिर्ता पठाएका छौँ, तर चुनाव भाड्ने पार्टीको नितीलाई प्रभावकारी बनाउन स्थानीय अनुकुलको योजना तयगरि अवरोधका कार्यक्रमलाई झनै तिव्र बनाइएको र बनाउने जानकारी गराउँछौँ ” लेखिएको छ ।
जिल्लामा पठाएका सर्कुलरहरु फिर्ता हुन थालेपछि ड्यास माओवादीले जिल्ला कमिटिलाई संवेदनशिल भएर स्थानीय आवश्यकता अनुसार नै कारबाही तिव्र बनाउन र चुनावलाई कमजोर बनाउन टेलिफोन तथा इमेल सर्कुलर जारी गरेको छ ।
कस्तो छ, २५ गतेपछि वैद्य माओवादीका कार्यक्रम
२५ गतेबाट वैद्य माओवादीले मंसिर ५ गतेसम्म आम हड्तालको घोषणा गरेको छ । त्यसलाई सफल बनाउन राजमार्गहरुमा रुख ढाल्ने, ढुंगा लडाउने गरेर राजमार्ग अवरुद्ध गर्ने भएका छन् । यस्तै केहि प्रमुख दलका उम्मेदवारहरुमाथिको आक्रमण बढाउने र उनीहरुको अपरहण प्रयास गर्ने योजना समेत माओवादीले बनाएको छ । २७ गतेसम्म आक्रमणको घटनालाई तिव्र बताउने र मतदातामा त्रास फैलाउन उनीहरुको योजना छ । सरकारले दमन गरे भूमिगत शैलीमा काम गर्न केन्द्रले निर्देशन दिइसकेको छ । तर पार्टीको तर्फबाट फाएर नखोल्न केन्द्रले कार्यकर्तालाई कडा निर्देशन दिएको छ । यस्तै वैद्यले कार्तिक २७ गते सरकार र दललाई सम्बोधन गरेर वार्ताबाटै समस्या समाधानका लागि विज्ञप्तीबाट अपील गर्ने र अस्वीकार गरे थप कडा आक्रमण गर्ने रातोपाटीले प्राप्त गरेको यसको गोप्य दस्तावेजमा उल्लेख छ ।
‘‘आवश्यक परे मंसिर ४ अगाडिनै पूर्ण भूमिगत भएर युद्धमा जान तयार रहनु”, केन्द्रले सुरक्षा सम्वन्धी पठाएको सर्कुलरमा भनिएको छ, ‘‘ठूलै क्षती हुन लागेको अवस्थाबाहेक केन्द्र र टिम कमाण्डरको आदेश विना पहिलो फाएर आफ्नो तर्फबाट नखोल्न कडा निर्देशन दिइन्छ । …उम्मेदवार अपहरण गर्न सम्भव भए नियन्त्रणमा रहेका ती उम्मेदवार र कार्यकर्तालाई कुनै भौतिक कारबाहि नगर्न समेत गराइन्छ ।”
यस्तै बैद्य माओवादीले दलका कार्यर्ताभन्दा चुनावी सामाग्री नष्ट गर्ने, जलाउन लगायतमा ध्यान दिन कार्यकर्तालाई निर्देशन दिएको छ । २८ गतेबाट गाउँ–गाउँमा चुनावमा भाग नलिने मतदातालाई माइकिङ गरेर अपील गर्ने, मतदातावीच क्राश फैलाउने र १ गतेदेखि क्रमश कांग्रेस र एमालेमाथि आक्रमण केन्द्रित गर्ने रणनीति ड्यास माओवादीको छ भने मंसिर ४ गते घरबाट बाहिर ननिस्कन मतदातालाई पुन अपील गर्ने र ४ गते विहानैबाट ठाउँ–ठाउँमा बम विस्फोट गराउने तथा बाटो–बाटोमा बसेर मतदातालाई मतहाल्न रोक्ने रणनीति छ ।

Post a Comment

 
Top