चुनावका लागी सेनाको गाडी भित्रियो
१३ कात्तिक
संविधान सभा निर्वाचनका लागी भारत सरकारले सहयोग स्वरुप उपलब्ध गराएका नयाँ गाडी मंगलबार वीरगन्ज भन्सार नाका हुँदै भित्रिएका छन् ।
भारत सरकारले कूल ८ सय ४७ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा पहिलो चरणमा नेपाली सेनाका १ सय ९८ वटा गाडी साँझ वीरगन्ज छिरेको हो । यी गाडीहरु सुरक्षा गस्ती प्रयोजनका लागी उपयुक्त गाडी हुन् ।
महिन्द्रा कम्पनीद्वारा उत्पादित थार र बोलेरो मोडेलका हरिया रंगका गाडी सीमावर्ती रक्सौलको लक्ष्मीपुरबाट भन्सार जाँचपास प्रकृया पुरा भएपछि वीरगन्जमा भित्र्याइएको हो । भारतले प्रदान गरेकामध्ये नेपाली सेनाका लागी २ सय १६ आम्र्ड पेट्रोलिङसहित ३ सय ७० वटा गाडी छुट्याइएको सम्बद्ध श्रोतले जनाएको छ ।
भित्र्याइएका गाडीहरु देशका विभिन्न जिल्लामा रहेका सेनाका गण, गुल्मका साथै निर्वाचन सुरक्षाका लागी स्थापना गरिएको सैनिक अस्थायी बेस क्याम्पमा पु¥याइने एकजना सैनिक अधिकृतले जानकारी दिए ।
भारतले उपलब्ध गराएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागी उपलब्ध गराइने भनिएका गाडीहरु सीमापारी नै राखिएका छन् । कागजी प्रकृया पुरा गरिएपछि बाँकी गाडीहरु पनि क्रमशः भित्र्याइने पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले बताए ।

Post a Comment