मान्छेलाई सुहाउने कागबारेका उखान
कात्तिक १५ – कागलाई मीठा खानेकुरा दिएर र पूजा गरेर शुक्रबार काग तिहार मनाईंदैछ ।
कागलाई सबैभन्दा चतुर अर्थात चलाख पंक्षी मानिन्छ । त्यसैले पनि बाठो हुन खोज्ने मान्छेलाई कागसंग तुलना गरिन्छ । तर धेरै बाठो भयो भने काग आफैं पनि बिग्रन्छ । कागका धेरै गुण्ँ हुने भएकाले मान्छेको व्यवहारलाई कागसंग जोडेर उखान तुक्का भन्ने गरिन्छ ।
चलनचल्तीमा कागसंग जोडेर धेरैथरी उखानको प्रयोग हुन्छ । ती उखान यस्ता छन् ः
काग अजम्मरी भए पनि कागको मासु खाने अजम्मरी हुदैन
काग कराउँदैछ, पिना सुक्दैछ
कागका चल्ला कागैतिर, कोइलीका चल्ला कोइलीतिर
कागको फुल चोर्ला जस्तो
कागको बच्चा र बाघको बच्चा कहिल्यै रत्तिदैंन
कागको वर्तुनमा चिवे पुरेत
कागको मासु त्यो पनि कुकुरले जूठो हालेको
काग धेरै बाठो भए गुहू खान्छ
काग न कालु, काफल खाने भालु
काग नुहाएर सेतो हँुदैन
काग पनि करायो, तरुनी पनि हरायो
काग पनि कालो कोइली पनि कालो, यसलाई छोडी उसलाई रोज्ने हो यो कस्तो पालो ?
काग पनि बस्नु, ताल पनि खस्नु
काग बोल्छन्, अनि पो मानिस आँखा खोल्छन्
काग भन्दा कोइली चंख
काग र कोइली एकै रंग, बास्ने बेलामा भिन्नै रंग
काग र कोइली छुट्याउने बोली
कागलाई गाली गर्दागर्दै आफैं कालो नहुनु
कागलाई घण्टी झुण्ड्याए देश फिर्छ, मुसोलाई घण्टी झुण्ड्याए दुलो पस्छ
कागलाई बेल पाके पो के
काग लाटो र बकुल्लो बाठो कहाँ मिल्छ र
कागले आङ्खनै बच्चालाई सबैभन्दा राम्रो ठान्छ
कागले आफ्नो नाम आफैं काढ्छ
कागले कान लग्यो भन्दा आङ्खनो कान छाम्ने किन कागको पछिपछि दगुर्ने
कागले कोइलीलाई कालो भन्छ
कागले खालि हातमा झम्टँदैन
कागले न हाँसको हिंडाई सिक्यो न आङ्खनो
कागले मासु पायो के भो त, चीलले खोसेर लग्यो के भो त
Post a Comment