0

देउसी खेलेर फर्कंदै गरेका नुवाकोटेको कुटेर हत्या



नुवाकोट चौघडाका २० बर्षीय मुकेश राईको कुटपिटका कारण मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१६ माछापोखरी गुम्बा चोक बस्दै आएका राईको  गोगबु-४ लक्ष्मीनगरमा हत्या भएको हो ।

राईसँगै लक्ष्मीनगर बस्ने १५ बर्षीय पवन कुमार श्रेष्ठ, १७ बर्षीय ओम पुन मगर लगायतका व्यक्तिहरु देउसी भैलो खेली घर र्फकने क्रममा अपरिचित व्यक्तिहरुले कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा घाइते भएकोले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारकै क्रममा मुकेश राईको मृत्यु भएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न गंगबु–४ बस्ने बाग्लुङ जिल्ला घर भएका दिपक थापा, १८ बर्षीय राजु मगर लाई पक्राउ गरेको छ भने घटनाका शंकास्पद अन्य ११ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Post a Comment

 
Top