0

  •  कार्तिक २१ -
     तराई मधेस लोकतान्त्रिक पार्टी कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार सरफत खाँको मृत्यु भएको छ । ६९ वर्षीय खाँको हृदयघातका कारण मृत्यु भएको हो । प्रत्यक्ष उम्मेदवारको मृत्यु भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा तमलोपालाई नयाँ उम्मेदवारी दर्ता गर्न समय दिनेछ ।
  • दस दिने आमहडताललाई पुनर्विचार गरिने

    Baidhya

     कार्तिक २१ - 
    नेकपा-माओवादीसहित ३३ दलीय मोर्चाले चुनाव अघि गर्ने भनिएको दस दिने आमहडताललाई पुनर्विचार गर्ने भएको छ । मंसिर ४ को संविधानसभा चुनावमा अवरोध नगर्न देशभित्र र बाहिरबाट चर्को दबाब परेपछि मोर्चाले पुनर्विचार गर्न लागेको हो ।
  • अधिकारी दम्पतीको अवस्था नाजुक
    adk
     कार्तिक २१ -
     छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै पछिल्लो पटक आमरण अनशन बस्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । 'बाआमा दुवै बोल्न नसक्ने अवस्थामा पुगिसक्नु भो,' उनीहरूका जेठा छोरा नुरप्रसाद अधिकारीले भने, 'कतिखेर के हुने हो भन्न सकिने अवस्था छैन ।'

Post a Comment

 
Top