एमाओवादीको क्षेत्रिय कार्यालयमा बम
१५ कातिक
मोरङ निर्वाचन क्षेत्र नम्बर ९ मा अवस्थित एकीकृत नेकपा माओवादीको क्षेत्रिय कार्यालयमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।
इटहरीस्थित पूर्वी पृतनाबाट खटिएको सेनाको बम निष्कृय बनाउने टोलीले उर्लाबारी गाविस २ मा अवस्थित एमाओवादीको कार्यालयदेखि पश्चिममा राखिएको बम निष्कृय बनाएकोहो । निष्कृय बनाउनु अघि चार घण्टासम्म विष्फोट हुने आशंकामा स्थानीयबासिन्दा त्रसित बनेका थिए । उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र खड्काले निर्वाचन विरोधी पार्टीले बम राखेको हुनसक्ने आशंका व्यक्त गरे । यो निर्वाचन क्षेत्रबाट एमाओवादीका नेता वर्षमान पुनले संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
Post a Comment