तिहारमा ४ करोडको फूल कारोबार
१५ कात्तिक
देशमा फूल उत्पादन वाषिर्क १५ प्रतिशतले बढे पनि तिहारका लागि मात्रै भारतबाट १ करोड रुपैयाँबराबरका फूल आयात हुने भएका छन् । स्वदेशी उत्पादनले थेग्न नसकेपछि कुल मागको एक तिहाइ फूल भारतबाट ल्याउन लागिएको हो ।
एसोसिएसन नेपाल फान का अनुसार गत वर्ष तिहारमा ९० लाख रुपैयाँ बराबरका फूल भारतबाट ल्याइएका थिए । तिहारमा सयपत्री, गोदावरी र मखमली फूलेको उल्लेख्य कारोबार हुन्छ ।
फान महानसचिव दिलीप बादेका अनुसार मुलुक मखमली र गोदावारीमा आत्मनिर्भर भएपनि सयपत्री मागेको ३० प्रतिशत भारतबाटै ल्याउने गरिएको छ । गतवर्ष भन्दा यस वर्ष खपत बढ्न सक्ने भएकाले १५ प्रतिशत बढी फूल आयात गर्न लागिएको जानकारीदिएको खबर कारोबार दैनिकले छापेको छ ।
फानले यसपटकको झन्डै ४ करोड रुपैयाँबराबरको फूल कारोबार हुने अनुमान गरेको छ । गत वर्ष ३ करोड रुपैयाँको कारोबार भएको थियो ।

Post a Comment