0

हेलो सरकार-'रत्नपार्कको देह ब्यापार रोक्नुपर्यो, फोनै नगरिब्यालेन्स सकियो'


२० कार्तिक,
दशैंमा जस्तै तिहारभर खुल्ला रहेको प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा पाँच दिनमा ७७ वटा उजुरी परेको छ । तिहारमा आएका धेरै जसो उजुरी तिहारकै बारे भएपनि रत्नपार्कमा हुने देह ब्यापार देखी, बृद्ध भत्ता, अपांगता भक्ता देखी फोनै नगरी मोवाइलको ब्यालेन्स सकिएको सम्ममा उजुरी हेलो सरकारमा परेको छ ।

प्रधानमन्त्री कार्यालय हेलो सरकारले दिएको जानकारी अनुसार तिहारको पाँच दिन परेका उजुरीहरु यस्ता छन् ।

२०७० कार्तिक १९ गते । सार्वजनिक विदा र दशैं तिहार जस्ता राष्ट्रिय पर्वमा पनि निरन्तर संचालन हुने हेलो सरकारमा गत कार्तिक १५ गते काग तिहारका दिन २० वटा, १६ गते कुकुर तिहारका दिन १७ वटा, १७ गते लक्ष्मी पूजाका दिन १४.वटा, १८ गते गोवद्र्धन पूजाका दिन १५ वटा र १९ गते भाइटीकाका दिन २ वटा टेलिफोनवाट र ९ वटा ईमेलवाट गरी ११ वटा गुनासो÷उजूरी प्राप्त भएको कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवले जानकारी दिनु भएको छ ।
सचिव वास्कोटाका अनुसार १५ गते काग तिहारका दिन २० वटा प्राप्त भएका गुनासोहरुमा विशेषगरी निर्वाचनमा सबै दललाई सहभागी गराऔं, दार्चुलाको लठेनाथ गुल्जरको वाटो निर्माण हुनुप¥यो, काठमाडौंवाट प्रदुषण गर्ने मोटर हटाउनु प¥यो, सवैलाई निर्वाचन आचार संहिता पालना गर्न लगाउनु प¥यो, शिक्षक भएर उम्मेदवार हुनेलाई पदवाट अवकाश दिनु प¥यो, नापी कार्यालय कंलकी र रुपन्देहीले दुःख दिए, काठमाडौं–महेन्द्रनगरको वसमा सिट भन्दा वढी यात्रु खादेर राख्यो, सिफारिस वापत १००।– लिएर रसिद नदिने वटा सचिव उपर कारवाही होस्, तोकेभन्दा वढी पार्किङ्ग शुल्क उठाई रहेका छन्, भरतपुर हस्पतालले समय दिएर पनि अपरेशन गरिदिएन, वृद्ध भत्ता पाईएन भन्ने छन् ।

सचिव वास्कोटाका अनुसार १६ गते कुकुर तिहारका दिन हेलो सरकारमा १७ वटा गुनासो÷उजूरी प्राप्त भएकोमा विशेषगरी रौतहटको सन्तपुरमा वत्ती आएन, गाउ विकास समितिले विवाह दर्ताको प्रमाणपत्र सच्चाई दिएनन्, नयाँ वजार क्षेत्रमा अत्याधिक पड्का पड्किए रोकिएन्, तोकिए भन्दा वढी लोडसेडिङ्ग गरियो, विना दर्ता औषधि पसल संचालित छन् वन्द गराईयोस्, वैदेशिक रोजगारीवाट फर्किनेको सीप उपयोग गरौं, अपाङ्ग भत्ता पाईन, शान्तिपूर्ण निर्वाचन होस्, सुरक्षाको प्रत्याभूति हुने वातावरण श्रृजना होस्, काठमाडौं–हेटौडा जाने टाटा सुमोले ९५०।– सम्म भाडा लिए कारवाही होस्, कैलालीमा सरकारी शिक्षक पनि चुनाव प्रचारका लागे कारवाही होस्, म्यादी प्रहरीलाई तिहार छुट्टी दिनु प¥यो भन्ने छन् ।

२०७० कार्तिक १७ गते लक्ष्मी पूजाका दिन १४ वटा गुनासो÷उजूरी प्राप्त भएकोमा विशेषगरी त्रिविविवाट समयमा परीक्षाफल प्रकाशित हुने गरेको छैन, काठमाडौं रत्नपार्कको देह व्यापार रोकियोस्, सिन्धुलीको रातमाटेमा तास खेल्ने काम रोक्नु प¥यो, टिकापुरमा तिहारमा वत्ती निभ्नु भएन, ठमेलको प्रहरी चेकिङ्गमा व्लू वुकको फोटोकपी देखाउदा मलाई जरिवाना गरे अरुलाई छोडे, इलामको प्याङ्ग गाउमा विजुली वल्नु प¥यो, अपाङ्ग भत्ता वढाई दिनु प¥यो भन्ने रहेको कुरा सचिव वास्कोटाले जानकारी दिनु भयो ।

यसैगरी सचिव वास्कोटाका अनुसार २०७० कार्तिक १८ गते गोवद्र्धन पूजाका दिन हेलो सरकारमा १५ वटा गुनासो÷उजूरी प्राप्त भएकोमा विशेषगरी मनपरी घरभाडा असुले, चुनावमा सबैको सहभागिता गराउनु पर्छ, चावहिलतिर केटाकेटीले पड्का पड्काएका छन् कारवाही छैन, वत्ती आउदै जादै गरिरहेको छ, मोवाईलमा २००।– रिचार्ज गरेको थिए खासै उपयोग नगरीकनै व्यालेन्स सकियो, खानेतेलमा लेदो भेट्टियो, आचार संहिता विपरीत लाउड–स्पीकरले गाउमा कोलाहल मच्चाए, संविधान सभाको निर्वाचनको माहौल वनी रहेको छ सबैले सघाउन सुझाव दिन्छु भन्ने छन् । सचिव वास्कोटाका अनुसार २०७० कार्तिक १९ गते भाइ टिकाका दिन विहान टेलिफोनवाट २ वटा उजूरी÷गुनासो टिपाईएको थियो ।

त्यस्मा कृषि कार्यालय वैतडीले प्रभावकारी ढंगले काम गर्नुप¥यो र मोरङ्गमा सरकारले खेल मैदानका लागि वजेट विनियोजन गरोस् भन्ने थियो । साथै, सो भाइ टिकाको दिन ९ वटा ईमेलवाट गुनासो÷उजूरी प्राप्त भएका छन् । तिनमा विशेषतः अनधिकृत व्यक्तिले चन्दा असुले, काठमाडौं महानगरपालिका भित्रको वेथिति उपर कारवाही होस्, वुद्ध नेपालमा जन्मिएका हुन अर्नगल प्रचार गर्ने उपर कारवाही होस् भन्ने छन् ।

सचिव वास्कोटाका अनुसार यसरी तिहारमा प्राप्त भएका गुनासोहरुमा विद्युत सेवा उपलब्ध गराउन तत्कालै सम्बन्धित निकायमा हेलो सरकारवाट निर्देशन दिई विद्युत सेवा सुचारु गराईएको छ । पटका पड्काएको विषयमा कडाई गर्न प्रहरी प्रशासनलाई तत्कालै जानकारी गराईएको छ । सरकारसँग सूचना माँग गरेको विषयमा हेलो सरकारसँग उपलब्ध जानकारी प्रवाह गरिएको छ । साथै अन्य गुनासो÷उजूरीहरु सम्बन्धित निकायका नोडल अधिकृतलाई समुचित सम्वोधन गर्न ई–पोर्टलवाट पठाईएको कुरा पनि सचिव वास्कोटाले जानकारी दिनु भएको छ । साथै, उहाँले यस २०७० सालको तिहारमा कुनै आकष्मिक घटना, दुर्घटना र विपतको खवर प्राप्त नभएको कुरा पनि वताउनु भयो ।

Post a Comment

 
Top