एमाओवादी उम्मेदवारको गाडीमा आगजनी

२० कार्तिक,
एमाआवोवादी कास्की क्षेत्र नं. ३ का उम्मेदवार रामजी बरालले प्रचारप्रसारमा प्रयोग गर्ने सवारीमा आज बिहान अज्ञात समूहले आगजनी गरेका छन् ।
पोखराको मासबारबाट हेमजातर्फ गइरहेको ग १ ख ३१०४ नम्बरको सवारीमा आगजनी गरिएको हो । बिहान दुध ओसार्न प्रयोग हुने गाडी दिनभरी बरालको चुनावी प्रचारप्रसारमा प्रयोग हुँदै आएको थियो ।
हेमजाको बास्कोटा चोक भित्रको गाउँको गाईफार्ममा आगजनी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार रिजालले जानकारी दिनुभयो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment