बाघको आतंकलाई रोक्नु पर्ने माग गर्दै बाटो अवरुद्ध
बाघको आतंकलाई सम्बन्धित पक्षले ध्यान नदिएको भन्दै चितवनको माडी अयोध्यापुरीका बासिन्दाले बाटो अवरुद्ध पारेका छन् । बाघको आतंक दिनप्रति दिन बढ्दै जाँदा पनि सम्बन्धि प्रशासनले कुनै ध्यान नदिएको भन्दै उनीहरुले माडी अयोध्यापुरी २ देवन्द्रपुरको बाटो अवरुद्ध पारेका हुन् ।
निकुञ्जबाट निस्केको बाघले लगातार १०–१२ दिनदेखि उनीहरुको पशु खाइदिने गरेको र सम्बन्धित पक्षले पनि यसमा कुनै ध्यान नदिएको भन्दै उनीहरु सडकमा उत्रन बाध्य भएको स्थानीय कृष्णप्रसाद अधिकारीले कालिका एफ.एम लाई जानकारी दिनुभयो ।
बाघको नियन्त्रणका लागि पहल गरिनुपर्ने र उचित क्षतिपूर्ति पाउनु पर्ने स्थानीयको माग रहेको छ । उनीहरुको मागको सुनुवाई नभएसम्म बाटो अवरुद्ध गर्ने स्थानीयले चेतावनी दिएका छन् ।
Post a Comment