ढुङ्गाले हानेर हत्या
२१ कात्तिक
नवलपरासीको पहाडी गाविस हुप्सेकोटमा गएराति एक जनाको ढुङ्गाले हानेर हत्या गरिएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक विमल बस्नेतका अनुसार हुप्सेकोट–२ निवासी ४२ वर्षीय तीलबहादुर मल्ल ठकुरीले सोही स्थानका ४४ वर्षीय तुलबहादुर सिंह ठकुरीलाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।
हत्यारा फरार रहेका छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तिहार मानेर घर फर्कने क्रममा दुई जनाबीच सामान्य भनाभन हुँदा तीलबहादुरले तुलबहादुरलाई ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि ल्याउने तयारी भइरहेको छ ।
Post a Comment