0

बालकृष्ण ढुंगेलको उम्मेदवारी रद्द



 कात्तिक २० –
 निर्वाचन आयोगले एकीकृत माओवादीका बालकृष्ण ढुंगेल र उषा साह फकिरको उम्मेदवारी रद्द गरेको छ ।
उम्मेदवार हुन अयोग्य रहेको ठहर गर्दै आयोगले समानुपातिक तर्फका एकीकृत माओवादीका उम्मेदवार ढुंगेल र साहको उम्मेदवारी रद्द गरेको हो ।
बुधबार बसेको आयोगको बैठकले उम्मेदवारी रद्द गरेको प्रवक्ता वीरबहादुर राई जानकारी दिनुभयो । फौजदारी अभियोगमा दोषी ठहर भएका ढुंगेलको उम्मेदवारी विरुद्ध एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले उजुरी गर्नुभएको थियो ।
सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्व सहित जन्म कैदको सजाय सुनाएको थियो ।
राष्ट्रिय मुस्लिम आयोगमा सदस्य रहेकी अर्का उम्मेदवार साहका विरुद्ध लाभको पदमा रहेको भन्दै उजुरी परेको थियो

Post a Comment

 
Top