0
  • १४२ देशमध्ये नेपाल १०२ औं स्थानमा

 कार्तिक २० -
 दुबईस्थित बौद्धिक संस्था लेगाटम ईस्टिच्युटले हरेक बर्ष सार्वजनिक गर्ने समृद्धि सूचकांक सूचीमा नेपाल ६ स्थान माथि उक्लिएको छ । सूचीमा नेपाल दक्षिण एसियाली राष्ट्र भारत, बंगलादेश र पाकिस्तानभन्दा माथि १०२ औं स्थानमा छ । भारत, बंगलादेश र पाकिस्तान क्रमशः १०६, १०३ र १३२ औं स्थानमा छन् । दक्षिण एसियाली राष्ट्र श्रीलंका ६० औं स्थानमा छ । कूल एकसय ४२ देश सूचीमा समावेश छन् ।
बजार, रोजगारीको अवसर, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता र सामाजिक पूँजीलाई आधार मानेर यो समृद्धि सुचकांक निर्धारण गरिन्छ । नेपाल सन् २०१२ को सूचीमा १०६ औं स्थानमा थियो । त्यसअघिका दुई बर्ष नेपाल क्रमशः ९३ र ९१ औं स्थानमा थियो ।
१४२ देशमध्ये नेपाल बजारको आधारमा ९२, रोजगारीको अवसरको आधारमा १११ औं स्थानमा छ । सुशासनको आधारमा नेपाल १०० औं स्थान र शिक्षाको आधारमा ती देशमध्ये १०४ औं स्थानमा छ । स्वास्थ्यको आधारमा ९७ र सुरक्षाको आधारमा १०१ औं स्थानमा राखिएको छ । व्यक्तिगत स्वतन्त्रताको आधारमा नेपाल ७७ र सामाजिक पूँजीका हिसाबले ९५ औं स्थानमा छ । यो सूचीमा पछिल्ला ४ बर्षदेखि नर्वे पहिलो नम्बरमा पर्दै आएको छ ।
सूची निर्धारणको लागि सर्वेक्षण, मानव विकास सूचकांक प्रतिवेदन, विश्व व्यापार संगगठनको प्रतिवेदन, मानव विकास रिपोर्टलगायतलाई आधार बनाईन्छ ।
केही साताअघि विश्व बैंक र ईन्टरनेशनल फाईनान्स कर्पोरेशनले गरेको बजार सर्वेक्षणमा पनि नेपाललाई १०५ औं स्थानमा राखिएको छ । जसमा भारत १३४ र बंगलादेश १३० औं स्थानमा छन् । १८९ देशमा गरिएको यो सर्वेक्षणले भुटानलाई बजारको दृष्टिले १४१ र अफगानीस्तानलाई १६४ औं स्थानमा राखिएको छ ।

Post a Comment

 
Top