0

आमहड्ताल छोट्याउने तयारीमा चुनाव विरोधी मोर्चा


२१ कार्तिक,
वैद्य-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनाव बिथोल्न गर्ने भनेको १० दिने आमहड्तान छोट्याउन तयारी गरेको छ । मंसिर ४ को चुनाव लक्षित गरेर मोर्चाले कार्तिक २५ देखि १० दिन आमहड्तान गर्ने घोषणा गरेका थियो ।

आमहड्ताललाई छोट्याएर ५ दिन मात्रै गर्ने बिषयमा छलफल भइरहेको छु, माओवादी स्रोतले भन्यो,एक-दुई दिनमै निर्णय सार्वजनिक हुनेछ । हड्ताल विरुद्ध चौतर्फी दबाब बढेपछि आमहड्तालबारे पुनर्विचार गर्ने नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बताएका थिए ।

चुनाव विरोधी मोर्चाले घोषणा गरेको आमहड्तालतर्फ लक्षित गर्दै बुधबार नेपालस्थित अन्तर्राष्ट्रिय समुदायको तर्फबाट संयुक्त राष्ट्रसंघका आवासीय संयोजकले बिज्ञप्ती जारी गरेका थिए । जारी बिज्ञप्तीमा चुनाव विथोल्ने कार्य गैरकानुनी भन्दै जनताको मतदातको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ । मोर्चाभित्रैका केही  नेताले जनजीवन प्रभावित हुने गरी हड्ताल गर्दा पार्टीलाई नै हानी हुने विचार राख्दै आएका छन् ।

Post a Comment

 
Top