0
निर्वाचनमा नेकपा–माओवादीले मतदातालाई कुनै अवरोध गर्दैन—पम्फा भुसाल
 
 २० कात्तिक 
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले आसन्न संविधानसभाको निर्वाचनमा नेकपा–माओवादीले मतदातालाई कुनै अवरोध नगर्ने बताउनुभएको छ । 
 
रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नेकपा–माओवादीले जनतालाई कुनै अवरोध नगर्ने र सहजरुपमा मतदान गर्न दिने बताउनुभएको छ ।
 
उहाँले नेकपा–माओवादीलाई छाडेर हुन लागेको निर्वाचनले संविधान दिन नसक्नेसमेत दाबी गर्नुभयो । उहाँले ‘‘विदेशीको इसारामा माओवादीलाई छाडेर चारदल अगाडि गएकाले यो निर्वाचनको अर्थ नरहेको’’ बताउनुभयो ।
 
चार दलका नेता, वर्तमान सरकारप्रति आरोप लगाउँदै उहाँले यो निर्वाचनले राष्ट्रलाई निकासभन्दा पनि देशमा गृहयुद्ध निम्त्याउने खतरा बढ्दै गएको उहाँको भनाइ थियो । 
 
उहाँले मङ्सिर ५ गतेपछि ३३ दलको आन्दोलन झनै सशक्त हुने पनि बताउनुभयो । 
 
‘र’ को इसारामा गरिएको निर्वाचनले देशलाई विखण्डन गर्ने हुँदा माओवादीले निर्वाचन बहिष्कार गरेको उल्लेख गर्दै भुसालले भन्नुभयो– “भ्रष्ट, अपराधी, चरित्र भङ्ग भएका व्यक्ति आगामी निर्वाचनमा उम्मेदवारी दिएकाले माओवादीले राष्ट्रियता र स्वाधीनताका लागि निर्वाचन बहिष्कार गरेको हो ।” 
 
मतदान गर्न जाने मतदातालाई माओवादीले कुनै अवरोध नपु¥याउने बताउँदै उहाँले भन्नुभयो– “आफूहरूको लडार्इँ देशभक्त प्रहरी, प्रशासन र मतदातासँग नभएकोेले माओवादीले मतदातालाई मतदान गर्न भने कुनै अवरोध गर्दैन ।” 

Post a Comment

 
Top