श्यामबहादुर राय ठकुरी
के देश पुरानै बाटोमा फर्कदै हो ?
आम नागरिकले कसलाई आशा र भरोसा गर्ने, अहिलेको चुनावी चहलपहलमा त्यहि पीडा झल्किन्छ । राष्ट्रियताका बिषयमा एकमत छैन । अर्कालाई दोष र लान्छना लगाउने बाहेक केही गरेका छैनन् दलका नेताहरुले । यस्तो अवस्थामा संविधानसभाको निर्वाचन हुन गइरहेको छ ।
यस्तो अवस्थामा के देशमा सविधानसभाको चुनाव सम्भव छ त ? एकातिर बैद्य नेतृत्वको मोर्चाका दलहरु सहभागी भइरहेका छैनन्, अर्कोतिर चुनावमा भाग लिने दलहरुका गतिविधि पनि पुरानै खालका छन्, जसमा द्वन्दको गन्ध आइरहेको छ । हामी बिदेशमा बस्नेहरुलाई कतै देश पुरानै बाटोमा लागिरहने त होइन भनेर चिन्ता परेको छ ।
सरकारले पनि देशमा द्वन्द नै चाहेको जस्तो गतिविधि गरिरहेको छ । द्वन्दकालमा दवाव र रवाफले जागिरबाट हात धोएका नेपाल प्रहरी तथा सेनाका द्वन्दपीडित जवानहरुलाई व्यवस्थित नगरी उल्टो जिस्काउने कामले पक्कै राम्रो गर्दैन ।
राजनीतिक दलहरुले आपसी विवादलाई हल नगरी विवादमा उत्रिंदा समस्याको समाधान हुन्न उल्टै त्यो बढ्छ । यदि देश अझ द्वन्दमा गएमा त्यसको जिम्मेवार को हुने ? त्यसबेला कसलाई दोष दिने ? त्यसबारेमा के हाम्रो देशका नेताहरुले सोचेका छन् ? सेना परिचालन गरेर चुनावको भोट माग्न जानुले त्यो अनिष्टलाई नै संकेत गर्दैछ ।
नेकपा माओवादीलाई हिजो बिश्वास गरेका कारण अहिले समस्या भोग्नु परिरहेको छ । आम नेपाली नागरिकले डा. बाबुराम भट्टराईलाई आश नगरेका त होइनन् तर उहाँमा भएको एकलकाँटे स्वभावले सवैलाई समेट्न सकेन । नेपाली कांग्रेसको पनि पुरानै तालका कारण कांग्रेसबाट धेरै अपेक्षा गर्न सकिन्न ।
देशलाई जोगाउने, सही बाटोमा हिंडाउने नेताको खाँचो छ हामीलाई । चुनाव त होला सेना परिचालन गरेर तर नेकपा माओवादीको गतिविधिले आशंका बढाएको छ । यस्तो अप्ठ्यारो अवस्थालाई मनन गरी चुनावमा सहभागी हुँदै गरेका दलहरु र बिपक्षी मोर्चाले ध्यान दिएर शान्तिको वातावरण बनाउन मेरो आग्रह छ ।
सुर्खेत
हालः सारजहाँ, युए
ई
ई
Post a Comment