0

एक सय ९८ वटा पाटे बाघ र हजारौंको संख्यामा अन्य जंङ्गली जनावर पनि रहेको दाबी

बाराको पिपरा–सिमरा गाबिस वार्ड नं.९ अन्तरर्गत पर्ने आधाभार स्थित पर्सा बन्य जन्तु आरक्षको अतिथि कक्षमा एक कार्यक्रमका बिच नेपालमा एक सय ९८ वटा पाटे बाघ रहेको जानकारी गराइएको छ ।
Pate Baagh Haru 198 Wata Rahe Ko Dabi (3)
बारा–पर्साको बिभिन्न स्थानका सञ्चारकर्मीहरुसँग संरक्षण गतिविधी बारे जानकारी गराउँने उद्देश्यले तराइ भू–परिधी कार्यक्रम नेपालको सह्योगमा पर्सा बन्य जन्तु आरक्ष कार्यालयको आयोजनामा गरिएको समन्वय बैठकमा सो कुराको बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा तराइ भू–परिधी कार्यक्रम चितवन सौराहाका अब्दुल अंसारीले ती पाटे बाघहरु मध्येका सात वटा बाघहरु पर्सा बन्य जन्तु आरक्षको हातामा रहेको जानकारी दिएका छन् । टैपिङ्ग क्यामेराले खिचेको तस्विरको आधारमा बैज्ञानिकहरुको अनुसन्धानले सो तथ्य पुष्टि गरेको अंसारीले बताए ।
त्यसैगरी पाँच सय ३४ वटा एक सिंङ्गे गैंडा तथा एक सय बिस वटा जंङ्गली हात्ती रहेको बताउँदै उनले एक हजार आठ सय ४३ वटा बाह््र सिंङ्गे पनि रहेको उनले बताए ।
बन जंङ्गल तथा चुरे पहाडको संरक्षण नगरे तराइ तथा मधेश मरुभुमीमा परिणत हुँने खतरा बढेको अंसारीको भनाइ रहेको थियो ।
पर्सा बन्य जन्तु आरक्षमा सहायक संरक्षण अधिकिृत मंजुर अहमदले आरक्षमा चार सय ९९ वर्ग किलोमिटरको रहेको र मध्यवर्ती क्षेत्र अन्तरर्गत दुइ सय ९८ दशमलब १७ बर्ग किलोमिटर क्षेत्र रहेको बताए ।
अहमदले बन संरक्षण गर्नुको साथै जैविक बिविधताको समेत संरक्षण गर्न कार्यालयमा कर्मचारीको अभाव रहेको बताउँदै उनले चोरी शिकारी र काठ तस्करी प्रमुख समस्या रहेको बताए ।
यसको नियन्त्रणका लागि कर्मचारी थप्नु पर्ने तथा गस्ती क्षेत्र बढाउँनु पर्ने उनको भनाइ रहेको थियो । भने एक सय ३२ हेक्टर घाँसे मैदानको बिकास गरिएको र गस्तीको लागि करिब एक सय २० किलोमिटर बनपथ निर्माण गरिएको उनले बताए ।
प्रमुख संरक्षण अधिकृत निलाम्बर मिश्रले पर्यटकको संख्या बढाउँनका लागि आरक्षको प्रचार प्रसार हुँनुपर्नेमा जोड दिएका थिए । उनले हात्तीको संख्या बढेको कारणले गर्दा उनीहरुले दुख ः दिइरहेको बताए ।
उनले भौतिक पूर्वाधारको साथै पर्यावरणीय बिकास हुँनुपर्ने बताउँदै उनले बकैया सम्मको राष्ट्रिय जंङ्गल आरक्षमा बिस्तार गरे भबिष्यको सन्तातिको लागि अक्सिजन लगायतको बहुमूल्य सम्पत्तिको जगेर्ना हुँने तर्क प्रस्तुत गर्दै उनले यसले यस भेग सम्मको चुरे क्षेत्र संरक्षण हुँने जानकारी गराएका छन् ।

Post a Comment

 
Top