सर्पबाट मसाज गराउनुस् , आनन्द लिनुस्
कहिलेकाही तनाव मान्छे माथि हावी भयो भने झन् समस्या पर्न सक्छ । जहाँ तनाव शुरु हुन्छ मानिस कम गर्नकालागि योगको सहारा लिन पुग्छन् ।
कसैलाई पार्लर जानेको सोख हुन्छ । पार्लर गएर मसाज गराउनु पनि आजकल तनाव मुक्त गर्ने एउटा माध्याम बनिसकेको छ ।
तर ईन्डोनेशियाको राजधानी जकार्तामा मसाजले अब एक नयाँ रुप लिईसकेको छ । के तपाई सर्पबाट मसाज गराउने कुरा सोच्न सक्नुहुन्छ ?
जुनबेला कयौ प्रजातीका सर्पहरु तपाईको शरिरमा राखिदिईन्छ । यो कहिलेकाही नाँकमा पनि जान कोशीस गर्छ त कहिले काही पेटमाथि पनि हंडिरहन्छ ।
एक अन्तर्राष्ट्रिय अनलाईनले सार्वजनिक गरेको समाचार अनुशार सर्पबाट हुने मसाज सवैभन्दा आनन्दको हुन्छ । मसाज लिएकाहरुले एकचुट्किकै तनाव सबै भगाईदिने बताएका छन् ।
जसमा दुई मिटरसम्मको सर्प मसाज गर्न आएको मानिसको शरिरमा छाड्ने गरिन्छ । मसाज केन्द्र संचालकका अनुशार सर्पको चिसोले तनाव हटाउनुका साथै चिडचिडाहट पनि हटाउने गर्छ ।
ईन्डोनेशीयामा यसको प्रचलन शुरु भएको एक वर्ष मात्रै भएको छ । छोटो समयमै यो त्यहाँ प्रख्यात भैसकेको छ । तर सर्पको टोकाईको विषयमा भने उक्त अनलाईन्ले कुनै उल्लेख गरेको छैन ।
Post a Comment