0

दाहालले भने,'बैद्यजीले सहयोग गर्नुभयो'

  • आज मकवानपुर र चितवन बन्द

     कार्तिक २३ - 
    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले सभा गर्ने जिल्ला बन्द गरेर नेकपा-माओवादीले सहयोग गरेको टिप्पणी गरेका छन् । एमाओवादीको मेची-महाकाली अभियानअन्तर्गत हेटौंडामा आज विहान आयोजित सभामा दाहालले भने,'हामी जहाँ जहाँ जान्छौं, बैद्यजीले बाटो क्लियर गरेर सहयोग गर्नुभएको छ ।' दाहालले बिरोधीको बन्दले आफूलाई सहयोग पुगेको बताए ।
    बुधबार काँकडभिट्टाबाट सुरु एमाओवादीको अभियान हिजो महोत्तरीदेखि रौतहटसम्म थियो । हिजो साँझ हेटौंडा आएको एमाओवादी शिर्ष नेतासहितको टोलीले गर्ने आमसभालाई लक्षित गर्दै नेकपा-माओवादीले आज मकवानपुर र चितवन बन्द घोषणा गरेका छन् ।
    हेटौंडाको पल्पसा सभागृहमा सभा आयोजना गरी एमाओवादी टोली चितवन जाँदैछ

Post a Comment

 
Top