सुशील दुबै क्षेत्रमा सक
कांग्रेसका सभापति सुशील कोइराला चितवन-४ र बाँके ३ बाट चुनाव लड्दै हुनुहुन्छ । दोस्रो संविधानसभा चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने अवस्था आए प्रधानमन्त्रीका निर्विवाद उम्मेद्वार मानिनुहुने कोइरालालाई यसपालि दुबै क्षेत्रबाट जीत हासिल गर्न महाभारत छ ।
०६४ को चुनावमा बाँके-३ बाट तेस्रो स्थानमा खम्चिनुभएका कोइराला संविधानसभा नहुँदा संविधान निर्माणमा उहाँको प्रत्यक्ष भूमिका रहन पाएन । यसपालि पनि बाँकेमा पार्टीको आधार कमजोर रहेको र चितवनमा आफ्नै दलका विकास कोइराला बागी उठेका कारण संविधानसभामा कोइरालाको उपस्थिति हुने हो या हैन, अनिश्चित छ ।
चितवनको स्थिति
सभापति कोइरालाले रोज्नुभएको चितवन ४ मा अघिल्लोपटक नेकपा माओवादीका चित्रवहादुर श्रेष्ठले नेपाली काँग्रेसका टेकप्रसाद गुरुङलाई ५ हजार मतान्तरले पराजित गर्नुभएको थियो । माओवादीका चित्रवहादुर श्रेष्ठले २३ हजार ९ सय ४२ मत ल्याउनु भएको थियो भने काँग्रेसले १८ हजार ९० मत ल्याएको थियो । तेस्रो भएको एमालेकी दिलकुमारी थापा रावलले ६ हजार १ सय ४० मतमात्रै ल्याउनुभएको थियो ।
दोस्रो संविधानसभामा नेपाली काँग्रेसका सभापति सुशील कोइराला उठ्नुभएको यो क्षेत्रमा एमाओवादीले यसअघिकै विजेता चित्रबहादुर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एमालेले पनि पुरानै दिलकुमारी थापा रावललाई नै निरन्तरता दिएको छ ।
सभापति कोइराला चुनाव लडेको क्षेत्रबाट आफ्नै पार्टीका सभापतिलाई चुनौति दिँदै चितवन काँग्रेसका पूर्वजिल्ला सभापति विकाश कोइरालाको बागी उम्मेद्वारी परेको छ ।
बाँकेको स्थिति
बाँके क्षेत्र नं ३ बाट अघिल्लो चुनावमा मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार सर्वदेवप्रसाद ओझाले ८ हजार मतान्तरले एमाओवादीलाई जित्नुभएको थियो । विजेता ओझाको मत १४ हजार ९ सय थियो भने तेस्रो स्थानमा रहनुभएका सुशील कोइरालाको मत ५ हजार ९ सय ६९ मात्रै थियो । ओझाका निकटतम प्रतिस्पर्धी माओवादी उम्मेदवार परमानन्द कुर्मीले ६ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको थियो ।
तेस्रो हुने नेपाली कांग्रेसका उम्मेदवार सुशील कोइरालाले यसपटक पनि बाँकेमा निरन्तरता पाउनुभएको छ । हाल कोइराला कांग्रेसको सभापति समेत रहेका कारण उहाँको उम्मेदवारीलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । यो चुनाव क्षेत्र कोइरालाका लागि प्रतिष्ठाको विषय बनेको छ । सभापति कोइरालाको क्षेत्रमा मधेसी जनअधिकार फोरम नेपालले कौशलकुमार मिश्र, एमाओवादीले दामोदर आचार्य, एमालेले बिजया धमाल, तराई मधेश लोकतान्त्रिक पार्टीले पशुपति दयाल मिश्र र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले हिरालाल लोनियालाई उम्मेदवार बनाएको छ । विगतको चुनावी इतिहास हेर्दा ०५१ को संसदीय चुनावमा कोइराला बाँकेबाट हार्नुभएको थियो । तर, ०५६ सालमा उहाँले विपक्षीलाई ९ हजार मतको अन्तरले हराउनुभएको थियो ।
सबल पक्ष
अविवाहित रहनुभएका ७५ वर्षीय कांग्रेस सभापति कोइराला नेपाली राजनीतिमा त्यागी एवं निस्वार्थी नेताका रुपमा परिचित हुनुहुन्छ । सम्पत्तिका पछाडि नलाग्ने, साधा जीवन र राम्रो अंग्रेजी बोल्न सक्ने सभापति कोइरालाको छवि भारतले नरुचाएका राष्ट्रवादी नेताका रुपमा बन्दै गएको छ । राष्ट्रवादी नेता भएकै कारण विगतमा उहाँलाई भारतले प्रधानमन्त्री बन्न नदिएको चर्चा छ ।
कांग्रेसको सभापति, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान र स्वच्छ छविको त्यागी नेता हुनु कोइरालाका लागि सकारात्मक पक्षहरु हुन् । भावी प्रधानमन्त्रीका उम्मेद्वारसमेत भएकाले उहाँको क्षेत्रका मतदाताहरुका लागि कोइराला रोजाइको पात्र हुन सक्नुहुन्छ । बाँके जिल्लाको हकमा अघिल्लो विजेता मधेसी जनअधिकार फोरममा विभाजन आएको र दुई उम्मेद्वारहरु खडा भएकाले कोइरालालाई सजिलो भएको छ ।
गत ०६४ को चुनावमा बाँके ३ मा दोस्रो स्थानमा रहेको एमाओवादी पनि फुटेको छ । साथै फोरम र एमाओवादी दुबै पहिलेको तुलनामा कम लोकपि्रय भएकाले त्यसबेला तेस्रो भए पनि अहिले कोइरालाको पक्षमा विजय हात पर्न सक्ने सवल पक्षहरु देखिन्छन् । चितवनमा पनि बागी उम्मेद्वारका बावजुद एमाओवादी फुटेको अवस्था हुनाले सुशीलको जित्ने सम्भावना हटिसकेको छैन ।
दुर्बल पक्ष
सुशील कोइरालाको दुर्वल पक्ष भनेको उहाँको रुढ र पुरानो कार्यशैली हो । नेपाली कांग्रेसलाई मिलाउन र नेतृत्व दिन नसकेको उहाँमाथि आरोप लाग्दै आएको छ । पार्टीका देउवापक्षबाट उहाँमाथि ठूलो असहयोग छ । असन्तुष्ट बनेका खुमबहादुर खड्का आफैं सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेललाई हराउन चाहन्छन् । कोइराला र पौडेलले चुनाव हारे शेरबहादुर देउवालाई प्रधानमन्त्री र पार्टी सभापति बन्ने बाटो खुल्ने कोइरालाविरोधी कांग्रेस नेताहरुको हिसाब-कितावले गर्दा कोइरालामाथि अन्तरघात हुने खतरा छ ।
भारतले नरुचाइएका नेता भएका कारण दक्षिणतिरबाट पनि कोइरालालाई हराउन र नेपाली कांग्रेसभित्र भारतपरस्त नेतृत्व निर्माण गर्ने दक्षिणी योजनाको कोपभाजनमा कोइराला पर्न सक्ने अर्को खतरा पनि छ । विगतमा कोइरालालाई प्रधानमन्त्री बन्न नदिने शक्तिले उहाँलाई चुनावमै हराए भने राष्ट्रवादी नेतालाई प्रधानमन्त्रीसम्म पुग्न नदिन उनीहरु सफल हुने छन् । सभापति कोइरालाको राष्ट्रवादी लाइन सकारात्मक भए पनि निर्वाचनमा विजय हासिल गर्नका लागि यो एउटा दुर्वल पक्ष पनि हो र सवल पक्ष पनि ।
०६४ को चुनावमा बाँके-३ बाट तेस्रो स्थानमा खम्चिनुभएका कोइराला संविधानसभा नहुँदा संविधान निर्माणमा उहाँको प्रत्यक्ष भूमिका रहन पाएन । यसपालि पनि बाँकेमा पार्टीको आधार कमजोर रहेको र चितवनमा आफ्नै दलका विकास कोइराला बागी उठेका कारण संविधानसभामा कोइरालाको उपस्थिति हुने हो या हैन, अनिश्चित छ ।
चितवनको स्थितिसभापति कोइरालाले रोज्नुभएको चितवन ४ मा अघिल्लोपटक नेकपा माओवादीका चित्रवहादुर श्रेष्ठले नेपाली काँग्रेसका टेकप्रसाद गुरुङलाई ५ हजार मतान्तरले पराजित गर्नुभएको थियो । माओवादीका चित्रवहादुर श्रेष्ठले २३ हजार ९ सय ४२ मत ल्याउनु भएको थियो भने काँग्रेसले १८ हजार ९० मत ल्याएको थियो । तेस्रो भएको एमालेकी दिलकुमारी थापा रावलले ६ हजार १ सय ४० मतमात्रै ल्याउनुभएको थियो ।

Post a Comment