0

पत्रकार गंगराज पण्डित र गोपाल हमाल कांग्रेसको व्ल्याक लिस्टमा

1457662_1383540068555195_1998669074_n
 २१ गते
 नेपालमा संविधान सभाको चनाव निश्चित भएपछि राजनितिक दलहरुको आ–आफ्नै प्रचार प्रसारलाई तिव्र पारेका छन् । यसै संन्दर्भमा बाजुरा जिल्लामा पनि विभिन्न राजनितिक दलहरुले प्रचार प्रसार कार्यलाइ जोड दिए पश्चात बाल अधिकार हनन का घटनाहरु दिन प्रतिदिन बढ्दै गएका छन् ।
बाजुरा जिल्लामा सञ्चालित विभिन्न संञ्चार माध्यामहरुले जानकारी दिए अनुसार बिगत ३ साता यता दुइ दर्जन वडि बालवालिका र पत्रकार माथि विभिन् राजनितिक दलका कार्यकर्ताहरुले कुटपिट गर्नुका साथै विभिन्न अस्लिस शव्द प्रहार गरेका छन् ।
यसै सन्दर्भमा कात्तिक १९ गते राति जिल्ला बालअधिकार मञ्चका सचिव एवं वाल पत्रकार जगतराज पण्डित लाई कांग्रस विरुद्धको समाचार रेडियो मा वजाएको भन्दै नेपाली कांग्रस जुगाडा गाऊ कार्य समितिका कार्यकर्ता नन्द बहादुर के.सीले सचिव जगतराज पण्डित माथि गाली गलोज गर्नुका साथै हातपात समेत गरेका छन् ।
जुगाडा गविसकै रेडियो बाजुरा का प्राविधिक एवं मेरो जिल्ला डट कम र कमाण्डर पोष्ट राष्ट्रिय दैनिकका सम्वादाता गंगराज पण्डित र सोहि गाविसका रेडियो बाजुरामा कार्यरत गोपाल हमाल लाइ समेत बाजुरा बाट कांग्रसको व्ल्याक लिस्टमा पार्नुका साथै जुन ठाउमा भिटायो सोहि ठाउमा प्रहार गर्ने कांग्रस कार्यकर्ता के.सीको दावी रहेको छ ।

Post a Comment

 
Top