| फेसबुकबाट भोट माग्दै उमेदवार रौतहटबाट दोश्रो संविधानसभाको उम्मेदवार बनेका विभिन्न राजनीतिक दलका नेताहरुले अत्याधुनिक इन्टरनेट प्रविधि फेसबुकको प्रयोग गरेर भोट मागेका छन् । उम्मेदवार हुनुभन्दा पहिले यस्ता प्रविधिप्रति खासै वास्ता नगर्ने नेताहरुले ... चुनाव वातावरण तात्दै जादा साथी बनाउने, पार्टीको प्रचार गर्ने र भोट माग्ने गरेका हुन् । एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले), लगायतका पार्टीले आफू र पार्टीलाई भोट दिन फेसबुकमार्फत स्टाटस लेखेर वा फोटो अपलोड गरेर आग्रह गरेका छन् । यसरी फेसबुक आइडी बनाएर भोट माग्ने र आफनो प्रचारप्रसार गर्नेमा नेकपा एमाले , नेपाली काग्रेस र एकिकृत नेकपा माओवादीका उम्मेदवारहरु अगाडि हुनुहुन्छ । उम्मेद्वार आफैले फेसबुक अपडेट नगरे पनि पार्टीका सहयोगी कार्यकर्ताले उनीहरु आइडी अपडेट गरिदिने गरेका छन् । |
Subscribe to:
Post Comments (Atom)
Post a Comment