0

 छठ पर्व मनाईंदै

आज छठ पर्व मनाईंदै
 २२ कातिक 
मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व वीरगन्जसहित तराईका जिल्लाहरु र राजधानी काठमाडौंमा श्रद्धा र भक्तिपूर्वक आज बिहानैदेखि मनाईंदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पञ्चमी तिथिका दिन जलाशयको किनारमा भगवान सूर्यदेव र षष्ठी देवीलाई अर्घ दिएर छठ पर्व मनाइन्छ । 
वीरगन्जको घडीहर्वा ऐतिहासिक पोखरी दुलही झैं सिंगारेर छठ मनाईंदै छ । 
यसैगरी रानी घाट नगवा पीपरा  नदीसहितका जलाशयमा पनि हर्षोल्लासका साथ छठ मनाईंदै छ । चार दिनसम्म मनाइने छठमा आज अस्ताउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाईसहितका प्रसाद अर्पण गरिन्छ । 
भोलि बिहान भने उदाउँदै गरेको सूर्यदेवलाई प्रसाद अर्घ अर्पण गरी छठ पर्वसम्पन्न गरिन्छ । आदिकालमा सति अनुसुयाले रोगग्रस्त पतिलाई निको हुनको लागि भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग जोडिएको छ । 
त्यसैगरी महाभारत कालमा द्रौपतीले पाण्डवको वनवासबाट मुक्ति र कौरवलाई पराजित गर्न सूर्य देवको उपासना गरी छठ पर्व मनाएकी पौराणिक कथन छ । छठ मनाउँदा दुःख क्लेशबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वास छ । 
छठ पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक विदा दिएको छ ।

Post a Comment

 
Top