0

 मेची-कालीले राजमार्गअवरोध 


२०, कात्तिक,
निर्वाचन आचारसंहिताले भन्छ, चुनाव प्रचारमा दुईवटा हलुका सवारी साधनमात्रै प्रयोग गर्न पाइन्छ । तर, मेची-महाकाली जागरण अभियानअन्तरगत मोरङको उर्लाबारीमा एकीकृत नेकपा माओवादीले बसहरुमा कार्यकर्ता ओसारेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।
mao-rally
मेची-महाकाली राष्ट्रिय जागरण अभियान अन्र्तगत वर्षमान पुनको चुनाव क्षेत्रमा पर्ने मोरङको उर्लाबारीमा बुधबार दिउँसो एनेकपा माओवादीले आचारसंहिताको उल्लङ्घन गर्दै राजमार्ग अवरुद्ध पारेको स्थानीयवासीले गुनासो गरेका छन् । मुख्य राजमार्ग नै ढाकेर आमसभा गरिएका कारण सवारीसाधन आवत-जावतमा समस्या भयो, जसका कारण यात्रुहरुसमेत विचल्लीमा परे ।
बाटो छेकेर शक्ति प्रदर्शन गरिएका कारण ट्राफिक प्रहरीलाई यातायातको व्यवस्थापन गर्न मुस्किल भएको र यात्रुहरुलाई हिँडडुलमा समस्या परेेको सर्वसाधारणले गुनासो गरेका छन् । आफ्नो व्यक्तिगत काममा हिँडेका मानिसहरुलाई प्रहरीले बीच बाटोमै रोकेर गन्तव्यमा जान नदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई र नेता नारायणकाजी श्रेष्ठका साथै केन्द्रीय नेता र उम्मेदवारहरुले भाषण गरेका छन् भने राष्ट्रिय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।
एमाओवादीले विभिन्न ठाउँहरुबाट बसमा कार्यकर्ता ओसारेर आफ्नो शक्ति प्रर्दशन गरेको छ । आमसभामा माहौल देखाउन बसले कार्यकर्ताहरु ओसारिरहेका छन् । निर्वाचन आचारसंहितामा उल्लङ्घन भएको देखिए बुझिए वा जानकारी प्राप्त भएमा स्थानीय प्रशासन वा प्रंहरीले तत्कालै कारवाही गरी रोकथाम गर्नुपर्ने भनिए पनि प्रशासन नै माओवादीको सभालाई सघाइरहेको गुनासो विपक्षी दलका कार्यकर्ताले गरेका छन् ।
झापाको काँकडभिट्टाबाट बिर्तामोड र दमक हुँदै पश्चिमतर्फ अघि बढेका एमाओवादी नेताहरुको कार्यक्रमका कारण उर्लाबारीमा जस्तै पथरी, बेलबारी, बिराटचौक र इटहरीमा समेत यसैगरी यातायात व्यवस्था खल्बलिने स्थिति देखिएको छ ।
बुधबार बिराटनगर पुगेर टुंगिने अभियान विहीबार सुनसरीको लौकहीबाट पुनः शुरु हुने भएकाले भोलिदेखि यसैगरी यातायात अवरुद्ध हुने देखिएको छ । पूर्वपश्चिम राजमार्गमा एमाओवादीले यसैगरी २७ गते धनगढी नपुगुन्जेल कार्यक्रम गर्दै छ ।

Post a Comment

 
Top