0
 

डनहरु बीच झडप

971285_673100866034613_2038765212_n पुस १५ –
 पहिलासँगै गुण्डागर्दी गर्दै आएका दिनेश अधिकारी चरी र राधे भण्डारी अहिले एक आपसका लडाईमा उत्रेका छन् । दिनेश अधिकारी चरीको टोलीले हिजो राती बालाजु क्षेत्रमा खुकुरी प्रहारबाट राधे भण्डारी गम्भीर घाइते भएका छन् । घाइते भण्डारीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाको औपराचिक जानकारी उनी शिक्षण असपतालमा उपचार गराइरहदा मात्र खुलेको हो ।
हिजो राती एउटा  पार्टीमा राधे र चरीको टोली भेट भएको थियो । भेटमा अलिकति भनाभन भएको थियो । भनाभनपछि चरी त्यहाबाट बाहिर गएर फर्किएर आएर चरी टोलीले राधेको खुट्टा र ढाडमा खुकुरी हानेर गम्भीर घाइते बनाएको शिक्षण अस्पतालमा उपचार गराइरेका राधेले प्रहरीलाई जानकारी दिएका छन् । राधेलाई चरीले नै खुकुरी प्रहार गरेको खुलेपछि प्रहरी अहिले उनको ब्यापक खोजी गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।
पहिले एउटै समूहमा रहेका राधे र चरीबीच लेनदेनको विवाद भएर छुट्टिएपछि यी दुवैले एक–अर्का समूहका सदस्यलाई आक्रमण गर्दै आएका छन् । पाँच महिना अगाडी पनि राधेको समुहले चरीलाई धादिङबाट काठमाडौं फर्किइरहेका बेला नैकापमा गोली प्रहार गरेका थिए । गोली प्रहारबाट चरीको पाखुरामा गोली लागेको थियो । त्यो बेला प्रहरीको अनुसन्धानमा राधे आफैंले चरीलाई गोली हानेका थिए । पछि राधेले प्रहरीमा आत्मसर्मपण गरेका थिए । राधेले प्रहरीसँगको बयानमा आफूसँग भएको बन्दुक चरीको भएको बयान दिएपछि प्रहरीले चरीलाई पक्राउ गरेको थियो । दुवैलाई जिल्ला प्रशासन कार्यालयले सामान्य धरौटीमा रिहा गरेको थियो ।
यी दुवैलाई राजनीतिक संरक्षणको आडमा अपराध गर्दे आएका छन् । चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यय समेत रहेकाछन् । चरी संगठित अपराधमा कहलिएका व्यक्ति हुन् । गैंडाको खाग तस्करी, ठेकेदारलाई धम्क्याएर रकम असुली गरेको दर्जना अभियोगमा उनलाई बेला बेला प्रहरीले पक्राउ गर्दै आएको छ । बलियो राजनीतिक संरक्षणका कारण कानुनी कारबाहीबाट उन्मुती पाउदै आएका छन् । त्यस्तै राधे कांग्रेसका कार्यक्रता हुन् । उनी कांग्रेसको संरक्षणमा आपराधिक गतिविधिमा सक्रिय छन् ।

Post a Comment

 
Top