0

अन्तर्जातीय विवाहलाई प्रोत्साहन

 पुस १५–
अन्तर्जातीय विवाह सामाजिक चुनौतीका रुपमा अगाडि बढेका कारण अन्तर्जातीय विवाह गर्ने जोडीलाई संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र मध्यमाञ्चल क्षेत्रीय कार्यालय र नेपाल दलित मानव अधिकार संगठनले संयुक्तरुपमा सञ्चालन गरेको जातीय विभेद् अन्त्यका लागि ‘अन्तर्जातीय विवाह ः सामाजिक प्रभाव र चुनौती’ विषयक अन्तक्र्रियामा बोल्दै उनले अहिलेसम्म अन्तर्जातीय विवाह गर्ने जोडीले कतैबाट संरक्षण नपाएका कारण उनीहरुलाई समस्या पर्ने गरेको बताए ।
कार्यक्रममा माओवादी नेता रनेन्द्र बङ्गालले अन्तर्जातीय विवाहले सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरण ल्याउन सहयोग गरेको उल्लेख गरे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्रका क्षेत्रीय संयोजक कृष्ण गौतमको अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनका लागि सरकारले आर्थिक सहयोग गरेको भए पनि सो सहयोग पाउन एकदमै गाह्रो भएको बताए ।

Post a Comment

 
Top