0
देउवा समक्ष सहमतिको नयाँ प्रस्ताव 
१० माघ 
 संसदीय दलको नेताको लागि पार्टीभित्र सभापति सुशिल कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलवीच त्रिपक्षीय भिडन्त हुने सम्भावना प्रवल बन्दै गईरहेको बेला महामन्त्री कृष्ण सिटौलाले सभापतिलाई नै संसदीय दलको नेता बनाउने गरी बरिष्ठ नेता देउवा समक्ष सहमतिको नयाँ प्रस्ताव प्रस्तुत गरेका छन ।
शुक्रवार विहान सभापति कोइरालासँग लामो छलफल पछि बरिष्ठ नेता देउवालाई भेटेका सिटौलाले सभापतिलाई नै अहिले संसदीय दलको नेता बनाउने गरी तयार पारिएको सहमतिको प्रस्ताव प्रस्तुत गरेका हुन ।
सिटौलले सभापतिकै नेतृत्वमा पार्टी चुनावमा गएको र सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएकोले सभापतिको दावी स्वभाविक र पहिलो हुने भन्दै अहिले सभापतिलाई समर्थन गर्न आग्रह गरेका थिए ।
सिटौलाले अहिले संविधान जारी नहुन्जेलसम्म एक वर्षको लागि प्रधानमन्त्रीको रुपमा सभापतिलाई समर्थन गरे त्यसपछि देउवालाई समर्थन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा देउवाले अविश्वास प्रकट गर्दै विश्वासको आधार मागेका थिए । सिटौलाले मलाई विश्वास गर्नुस, त्यती बेला तपाईलाई प्रधानमन्त्री बन्न नदिए म संस्थापन पक्षबाट विद्रोह गरेर तपाईको पक्षमा आउँछु भनेर आश्वास्त पार्ने प्रयास गरेका थिए ।
उनले सभापतिको विरुद्ध चुनाव उठनु र उपसभापतिसँग गठबन्धन निर्माण गर्नु अपवित्र ठहरिने र यसले राजनीतिक रुपमै फाईदा नगर्ने तर्फसमेत सचेत गराएका थिए ।
देउवासमक्ष सिटौलाले प्रत्यक्ष तर्फ पनि संस्थापन पक्षको १५ सभासद बढी भएको र समानुपातिकमा पनि ९१ मध्ये ३५ बाहेक सबै संस्थापन पक्षको पक्षमा रहेकोले अहिले राष्ट्रिय सहमतिको सरकार गठन गरेर संविधान निर्माण गर्नु पर्ने बेलामा पार्टीले सभापतिलाई सर्वसम्मत उम्मेदवार बनाएर सहमतिको संकेत दिदा पार्टीलाई समेत हित गर्ने स्मरण गराएका थिए । सिटौलासँगको छलफलपछि देउवाले आफू पक्षधर सभासदहरुसँग नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा छलफल थालेका छन ।

Post a Comment

 
Top