0

मानवअधिकार अवस्था सन्तोषजनक छैन’

माघ १० –

 नेपालले सन् २०१३ मा मानवअधिकारको क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसकेको मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमन राईट वाचले जनाएको छ ।

वाचले सार्वजनिक गरेको रिपोर्टमा नेपालले मानव अधिकार हनन, महिला, जनजाति, लैगिक अल्पसंख्यक, प्रवासी, अपांगता भएकाको अधिकार संरक्षणका क्षेत्रमा खासै प्रगति गर्न नसकेको उल्लेख छ ।
द्वन्द्वकालका घटना छानबिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन हुन नसकेको, महिला अधिकार, अपांगता भएकाको अधिकार तथा नागरिकता पाउने नागरिकको मौलिक अधिकारका क्षेत्रमा पनि उल्लेख्य सुधार आउन नसकेको वाचले जनाएको छ ।
नेपाल सरकार सन् २०१३ मा समलिंगी तेश्रोलिंगी अधिकारकर्मीमाथि हुने धम्की र हिंसात्मक आक्रमण रोक्न असफल भएको वाचले जनाएको छ । उसले समलिंगी तेश्रोलिंगी अधिकारकर्मी माथि गैर कानुनी गिरफ्तारी नरोकिएकोमा चिन्ता समेत व्यक्त गरेको छ । सन् २०१३ को फ्रेवुअरी महिलाको शुरुमा शान्ति सुरक्षा ऐन अन्तर्गत चार जना तेश्रोलिंगी महिलालाई गिरफ्तार गरेर वाचले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सावजनिक गर्दै वाचले शान्ति सुरक्षा ऐनमा २५ दिन हिरासत र ३० हजार रुपैयाँ भन्दा धेरै जरिवानाको अष्पष्ट व्यवस्थाका कारण समलिंगी तेश्रोलिंगी अधिकारकर्मीले हैरानी खेप्नुपरेको उल्लेख छ । समलिंगी तेश्रोलिंगीको देशव्यापी छाता संगठनको रुपमा रहेको नीलहिरा समाजका सदस्यलाई आएका धम्कीपूर्ण फोन तथा उत्पीडनको छानविनका लागि सम्वन्धित निकायले उल्लेखनिय काम नगरेको वाचको ठहर छ ।
वाचले आफ्नो प्रतिवेदनमा सम्वन्धित निकायले उल्टै नीलहिरा समाजमाथि भ्रष्टाचारको आरोपमा अनुशन्धान गरेर नविकरणमा ढिलाई गरेको लेखेको छ । यसले समलिंगी तेश्रोलिंगीको स्वास्थ्य र मानवअधिकार सम्वन्धी काम अस्थायी रुपमा अवरुद्ध भएको वाचको प्रतिवेदनमा लेखिएको छ ।
नेपाल सरकारले अघिल्लो दशकमा नै आधिकारिक दस्तावेजहरूमा लिङ्गको तेस्रो वर्र्गीकरणलाई स्वीकार गरेर तेस्रो लिङ्गी तथा अन्तरलिंङ्गीको अधिकारका कुरालाई अघि बढाएपनि २०१३ मा समलिंगी तेश्रोलिंगी अधिकारकर्मीहरूमाथि बढेका धम्की र हिंसात्मक आक्रमणहरूलाई रोक्न भने सरकार असफल रहेको वाचको ठहर छ ।

Post a Comment

 
Top