पहिलो संसद बैठकको कार्यसूचि
माघ १० –
दोस्रो संविधानसभाको पहिलो बैठकको कार्यसूचि सामान्य थियो, त्यसैले पहिलो संविधानसभाको पहिलो बैठकको जस्तो उत्साह र उमंग देखिएन ।
जसोतसो १० मिनेट बसेर १५ गतेसम्मका लागि संविधानसभा बैठक स्थगित भयो । माघ १२ गते बस्ने व्यवस्थापिका संसदको पहिलो बैठकको कार्यसूचि पनि संविधानसभाको कार्यसूचिभन्दा फरक छैन ।
संसद बैठकको कार्यसूचिका बारेमा सभामुख सूर्यबहादुर थापाले संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग शुक्रबार छलफल गर्नुभएको छ । आइतबार बस्ने व्यवस्थापिका संसदको पहिलो बैठकको कार्यसूचिका बारेमा थापाले दलहरुसँग छलफल गर्नुभएको हो ।
छलफलका आधारमा संसद बैठक आब्हान सम्बन्धि राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, व्यवस्थापिका संसदको नियमावली तयार नभएकाले संविधानसभाको जस्तै २०६५ सालकै नियमावलीका आधारमा कार्य सम्पादन गर्ने र बाधा अड्काउ सम्बन्धि अध्यादेश विधेयकको रुपमा आगामी बैठकमा पेश गर्ने गरी कार्यसूचि तय हुने संसद सचिवालयले जनाएको छ ।
Post a Comment