उन्नाइस वर्षपछि गिरफ्तार
माघ १०–
गोली प्रहार गरी फरार रहेका सप्तरी जोगिनियाँ गाविस–७ का कवितलाल मलाहालाई प्रहरीले १९ वर्षपछि गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरले यही माघ ८ गते अभियुक्त मलाहालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेपछि प्रहरीले मुल्तबीमा रहेको मुद्दा जगाई आज उनलाई जिल्ला अदालतमा पेस गरेको छ ।
जोगिनियाँ गाविस–७ का गङ्गाप्रसाद यादवको जाहेरीले इलाका प्रहरी कार्यालय हनुमाननगरले २०५१ फागुन २६ गते दर्ता गरेको ज्यान मार्ने उद्योग मुद्दा मुल्तबीमा रहेको थियो ।
मलाहालगायतले सो सालको फागुन २२ गते जोगिनिया–३ स्थित सडकमा मोटरसाइकलमा घर जाँदै गरेका गङ्गाप्रसादलाई गोली प्रहार गरी ज्यान मार्ने प्रयास गरेको मुद्दा अदालतले २०५३ जेठ ३० गते मुल्तबीमा राख्ने निर्णय गरेको थियो ।
Post a Comment