हराएका पाँच हजारभन्दा बढी बालबालिका अज्ञात
नेपाल सरकारले विभिन्न कारणवश हराएका बालबालिकाको खोजी र पुनःस्थापनाका लागि सात वर्षअघि स्थापना गरेको बालबालिका खोजतलास समन्वय केन्द्र स्रोत–साधनको अभावमा सङ्कटमा परेका छ ।
विभिन्न कारणले हराएका बालबालिकाको खोजी गरी त्यस्ता घटनालाई निरुत्साहित गर्ने उद्देश्य लिएको केन्द्रीय निकायमा नै स्रोत–साधनको समस्या देखिएपछि हराएका बालबालिका उच्च जोखिममा परेको केन्द्रले जनाएको छ ।
केन्द्रले स्थापनाकालदेखि हालसम्म हराएका जम्मा १३ हजार ९ सय ३१ बालबालिकामध्ये आठ हजार ३ सय ५ बालबालिकाको उद्धार गरिसकेको छ भने अहिले पनि पाँच हजार ६ सय २५ बालबालिकाको अवस्था पत्ता लाग्न सकेको छैन ।

Post a Comment