0
अवैध काठ बरामद
 १० माघ ।
 
मोरङको सुन्दरपुर–६ स्थित बुढीखोला किनारमा प्रहरीले आज ठूलो परिमाणमा बेवारिसे सालको काठ बरामद गरेको छ ।
 
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी निरीक्षक नवराज कार्कीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सुन्दरपुर–६ स्थित बुढीखोला किनारमा अवैधरुपमा लुकाइ राखिएको रु तीन लाख २७ हजार मूल्य बराबरको ६९ क्युफिट गोलिया काठ बरामद गरेको हो ।
 
उक्त काठ आवश्यक कारबाहीका लागि वन कार्यालय सलकपुर पठाइएको प्रहरीले जनाएको छ । 

Post a Comment

 
Top