आफ्नै लगानीमा स्थानीयवासीले बनाए तीन किमि सडक
१० माघ ।
जाजरकोट कार्कीगाउँका स्थानीयवासीको पहलमा तीन किलोमिटर सडक निर्माण गरिएको छ । कार्कीगाउँ वडा नं– ३ पालेबाट सिरुगाडसम्मको सडक स्थानीयवासीले जनश्रमदानबाट निर्माण गरेको स्थानीय प्रेमबहादुर खत्रीले बताउनुभयो ।
स्थानीय बासिन्दाबाट रु एक लाख उठाएर सडक खन्ने औजार खरेद गरी सडक निर्माण गरिएको खत्रीले बताउनुभयो । स्थानीयवासीको करिब रु नौ लाख बराबरको श्रमदानबाट निर्माण गरिएको सो सडकमा यातायातका साधनहरु सञ्चालनमा आएका छन् । यो सडकले मध्ये पहाडी राजमार्गलाई छोएको छ ।
पटकपटक स्थानीय गाविस, जिल्ला विकास समितिलगायतका निकायसँग सडक निर्माणका लागि पहल गर्न आग्रह गरे पनि कसैले सडक निर्माणतर्फ ध्यान नदिएपछि स्थानीयवासीको पहलमा सडक निर्माण गरिएको हो ।
Post a Comment