मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ
माघ १० –
चितवनको मालपोत कार्यालयका कर्मचारी घुस लिदाँ लिदै रंगेहात पक्राउ परेका छन् ।
मालपोत कार्यालय भरतपुरका मुद्दा फाँटका कर्मचारी नायब सुब्बा रामप्रसाद न्यौपानेलाई घूस लिँदा लिँदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएका छ ।
भरतपुर नगरपालिका वडा १० बस्ने रत्नकुमारी पोखरेलसँग जग्गा दाखिल खारेज गर्ने कामको सिलसिलामा ८ हजार रुपैयाँ लिँदा लिंदै पक्राउ गरी अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा राखेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।
Post a Comment